नेपाली पात्रो एक करोड पटक डाउनलोड
काठमाडौँ । नेपालको पहिलो बिक्रम सम्बतमा आधारित मोबाइल एप नेपाली पात्रोले गुगल प्लेस्टोरमा १ करोड पटक डाउनलोड भएको छ ।
नेपाली तिथी, मिति, पात्रो, चाडपर्व, नेपाली संस्कृति, वैदिक सनातन हिन्दु उत्सव / पर्वहरु, विभिन्न जातजाति, भाषाभाषिका धर्म, आस्था तथा संस्कृति लगायतका सम्पूर्ण विशेष दिवस, पर्व तथा जात्राहरूको तथ्यपूर्ण जानकारी नेपाली पात्रोले दिँदै आएको छ ।
नेपाली पात्रोमामा रेडियो, समाचार (यो गज्जब छ), वैदिक पात्रो, राशिफल, मूल्य सूची, ज्योतिष, राशिफल जस्ता आज जीवनलाई आवश्यक पर्ने दर्जन बढी सुविधाहरु समावेश छन् ।
साथै नेपालका लोकप्रिय समाचार स्रोतबाट निरन्तर समाचार अपडेट गर्ने नेपाली पात्रो गुगल प्ले स्टोरमा ४.३ स्टार रेटिङ्गसाथ लोकप्रिय भएको देखिन्छ। नेपालका चार सयभन्दा बढी लोकप्रिय रेडियोहरूबाट सूचना, जानकारीमूलक तथा मनोरन्जनात्मक सामग्री सुन्न सकिने नेपाली पात्रोका आशिष कार्की जानकारी दिए ।
विनिमयदर, सुनचाँदीको मूल्यसूची, तरकारीको बजार भाउ,आदि जस्ता दैनिक आवश्यकताका फिचरका कारण एपमा सक्रिय प्रयोगकर्ताको संख्या पनि उल्लेख्य रहेको उनले जानकारी दिए ।
दैनिक १० लाखभन्दा बढी सक्रिय प्रयोगकर्ता रहेको एपमा मासिक सक्रिय प्रयोगकर्ताको संख्या १ करोड माथि रहेको छ । नेपालमा पहिलो पटक, नेपाली रेडियोबाट प्रसारित हुने कार्यक्रमहरू नेपाली पात्रोमा श्रोता मित्रहरूको समय अनुसार सुन्न सकिने बताइएको छ।
सम्बन्धित रेडियोको पछिल्लो ४८ घण्टाका कार्यक्रमहरू नामसहित अडियोमा उपलब्ध हुने जानकारी नेपाली पात्रोले दिएको छ।
नेपाली पात्रोमा देशका प्रमुख १५० भन्दा बढी अनलाइन न्युजपोर्टल र ३५० भन्दा बढी रेडियो समेत जोडिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण