आयात प्रतिबन्धको नीति मौद्रिक नीतिमार्फत सुधार गर्न आवश्यक : विनोद चौधरी
काठमाडौँ । नेपाली कांग्रेसका सांसद विनोद चौधरीले कोभिडपछि राष्ट्र बैंकले लिएको आयात प्रतिबन्धको नीति आगामी मौद्रिक नीतिमार्फत सुधार गर्न आवश्यक रहेको बताएका छन् । सोमबार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिमा बोल्दै उनले यस्तो बताएका हुन् ।
सांसद चौधरीले मुलुकको बाह्य अर्थतन्त्र कमजोर बन्दै गएको अवस्थामा नियन्त्रण गर्नको लागि आयातमा राष्ट्र बैंकले लगाएको नीतिमा परिमार्जन गर्न ठिक समय आएको बताए । उनले उक्त नीतिको कारण मुलुका आयात नबढ्दा राजश्व लगायत क्षेत्रमा असर परेको बताए । उनले अर्थतन्त्रको बाह्य क्षेत्र परेको असर कम गर्न अन्य देशले गर्न नसकेको काम राष्ट्र बैंकले गरे पनि समय अनुसार करेक्सन गर्न नसकेको बताए ।
सांसद चौधरीले उक्त नीतिको कारण राजश्व १० अर्बबाट निरन्तर ओरालो लागेको बताए । उनले यसले गर्दा अप्रत्याशित रूपमा सरकारको आन्तरिक ऋण समेत बढ्दै गएको उल्लेख गरे । उनले बैंकको कर्जा सबै अनुत्पादन क्षेत्रमा लगानी हुँदा रोजगारी सिर्जना समेत हुन नसकेको बताए । उनले पछिल्लो समय साना तथा घरेलु उद्योगहरू सबैभन्दा बढी प्रभावित र विस्थापित भएको उल्लेख गरे ।
सांसद चौधरीले मौद्रिक नीति लगानी, माग वृद्धि, पुँजी चलायमान बनाउने मुख्य माध्यम भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण