सुनसरी र मोरङका दर्जन बढी स्थानमा भारी वर्षा, १२ बजेसम्म सतर्कता अपनाउन आग्रह
मङ्गलबार, २५ असार २०८१, ०७ : ४८

विराटनगर । आज बिहानैदेखि सुनसरी र मोरङका दर्जन बढी स्थानमा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
'पछिल्लो ३ घण्टा सुनसरीको चतरा, धरान, इटहरी, मोरङको केराबारी, लेटाङ, हरैचा, बाउने र आसपास भारी वर्षा भएको र थप हुने देखिएको छ,' मौसम विज्ञान विभागले जनाएको छ ।
आज सुनसरीको सेउती,सर्दु, सुनसरी खोला र मोरङको बुढी, खेसलिया, लोहन्द्रा खोला, चिसाङ लगायत सुनसरी मोरङ भई बहने साना खोला आकस्मिक बाढी हुन सक्ने विभागले जनाएको छ । आज दिउँसो १२ बजे सम्म उच्च सतर्कता अपनाउन विभागको आग्रह छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राक्सिराङमा बोलेरो दुर्घटना : ९ जना घाइते, ६ जनाको अवस्था गम्भीर
-
कोशी प्रदेश सभाका अधिकांश सांसद भ्रमणमा व्यस्त, संसदीय गतिविधि ठप्प
-
भारत पाकिस्तान तनाव : कश्मीरका विद्यालय बन्द, परीक्षा स्थगित
-
तीन तलामाथिबाट खसेर वृद्धाको मृत्यु
-
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
कञ्चनपुर–कमला सडक विस्तारः लहानमा ‘ओभरपास’ निर्माण थालियो