कल्कीले तोड्यो जवानको रेकर्ड
मुम्बई । नाग अश्विनको निर्देशनमा बनेको प्रभासको साइन्स फिक्शन फिल्म ‘कल्की २८९८ एडी’ ले हालसम्म भारतमा ५१० करोडको व्यापार गरिसकेको छ । यो फिल्मले शाहरुख खानको फिल्म ‘जवान’ को रेकर्ड तोडेको हो ।
शाहरुखको फिल्म ‘जवान’ले १३ औँ दिन बक्स अफिसमा ५०१.०५ करोडको कलेक्सन गरेको थियो । कल्की २८९८ एडीलाई यो उपलब्धि हासिल गर्न ११ दिन मात्र लाग्यो ।
तर ‘बाहुबली २’ र ‘केजीएफ च्याप्टर २’ को तुलनामा यो फिल्म अझै पछाडि छ । ‘बाहुबली २’ ले सात दिनमा कूल ५३९ करोड र ‘केजीएफ च्याप्टर २’ ले सात दिनमा ५२३.७५ करोडको कुल कलेक्सन गरेको थियो।
‘कल्कि २८९८ एडी’ ले पहिलो साता ४१४ करोड कमाएको थियो । स्याकनिल्कको रिपोर्ट अनुसार शनिबारको कमाई अघिल्ली दिनको १६.७ करोड रूपैयाँको तुलनामा दोब्बरभन्दा बढी थियो। दसौँ दिन फिल्मको कलेक्सन ३४.१५ करोड थियो ।
योसँगै दोस्रो आइतबार अर्थात् ११ औँ दिन फिल्मले ४४.३५ करोड कमाएको छ । जसमा हिन्दी संस्करणको मात्र सङ्कलन २२.५ करोड रुपैयाँ छ ।
प्रभासको फिल्म ‘कल्की २८९८ एडी’ सन् २०२४ को बहुप्रतिक्षित फिल्म मध्ये एक हो । चलचित्रले अग्रिम बुकिङमै राम्रो व्यापार गरेको थियो । नाग अश्विन निर्देशित फिल्ममा प्रभासका अलावा अमिताभ बच्चन, दीपिका पादुकोण, दिशा पटानी र कमल हासनको पनि महत्वपूर्ण भूमिका छ ।
यस फिल्ममा विजय देवरकोन्डा, मृणाल ठाकुर, एसएस राजामौली, राम गोपाल वर्मा, दुल्कर सलमानले क्यामियो गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण