रुसी सेनामा रहेका भारतीयलाई स्वदेश फर्काउन पुटिन सहमत
मस्को । रुसले युक्रेनसँगको युद्धमा आफूले खटाएका सबै भारतीयहरूलाई स्वदेश फर्काउने भएको छ । स्रोतका अनुसार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग आफ्नो रुस भ्रमणका क्रममा मोदीले रुसी सेनामा रहेका भारतीयहरूलाई फर्काउने मुद्दा उठाएका थिए ।
सोमबार साँझ पुटिनले आयोजना गरेको निजी रात्रि भोजमा मोदीले यो मुद्दा उठाएको बताइएको छ । यसमा रुसी राष्ट्रपतिले सकारात्मक प्रतिक्रिया दिएको स्रोतको भनाइ उद्धृत गर्दै भारतीय मिडियामा खबर छापिएको छ ।
कतिपय भारतीयलाई एजेन्टले राम्रो तलब भएको जागिरको लोभ देखाएर युक्रेनविरुद्धको युद्धमा सामेल हुन बाध्य पारेको बताइएको छ । मार्चमा भारत सरकारले उनीहरूको चाँडो रिहाइका लागि रुसी अधिकारीहरूसँग वार्ता पनि सुरु गरेको थियो ।
खबरका अनुसार युक्रेन–रुस युद्धमा रुसको तर्फबाट लड्न गएका चार भारतीयको मृत्यु भएको छ । अहिलेसम्म १० जना स्वदेश फर्किएका छन् । अझै पनि ३५–४० जना भारतीयहरू युद्ध भूमिमा फसेको विश्वास गरिएको छ । युक्रेन युद्धमा रुसका लागि लडिरहेका भारतीयहरूको खराब अवस्थाबारे भारत सरकार चिन्तित रहँदै आएको छ । हालैका महिनाहरू रोजगारीको बहानामा भारतीयहरूलाई रुसी सेनामा संलग्न गराइएको खबर बाहिरिएको थियो ।
राम्रो जागिर मिलाइदिन्छु भनेर झुक्क्याएर सेनामा भर्ती गरिएको भन्दै सामाजिक सञ्जालमा केही भारतीयहरूले पोस्ट गरेका थिए । एक पछि अर्को गर्दै यस्ता मामिला सार्वजनिक भएपछि भारतको विदेश मन्त्रालयले एजेन्टहरूद्वारा रुसी सेनामा झुक्क्याएर भर्ती भएका भारतीयहरूलाई फिर्ता ल्याउन पहल सुरु गरेको थियो । रुसी सेनामा फसेकाहरूलाई कहिले भारत फिर्ता पठाइन्छ भन्ने स्पष्ट भइसकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले र नेकपाका दुई नेता मेन्याङ्बो र आङ्बोको दौडधुप बाक्लियो
-
भारतमा ‘कक्रोच’ आन्दोलनले बढायो सरकारमाथिको दबाब
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण