के साँच्चै उल्टिन्छ मधुमेह ?
काठमाडौँ । एक पटक कसैलाई मधुमेह लाग्यो भने यो रोग स्थायी भएर बस्छ भनिन्छ । मधुमेह जीवनशैली सँग सम्बन्धित रोग भएकोले यो भइसकेपछि हरेक दिन खानपिनमा सावधानी अपनाउनु पर्छ । पछिल्लो समय मधुमेह पनि उल्टिन्छ भनेर सुन्नमा आएको छ । त्यसो भए के साँच्चै मधुमेह उल्टिन्छ त ?
मधुमेहलाई नियन्त्रण गर्न सकिन्छ । कतिपयमा मधुमेहका बिरामीमा औषधि सेवनको आवश्यकता कम गर्न सकिने भए पनि यस रोगबाट पूर्णरुपमा मुक्ति पाउन नसकिने स्वास्थ्य विज्ञहरू बताउँछन् ।
मोटोपनका सिकार भएका टाइप २ मधुमेह भएका व्यक्तिमा तौल घटाएर अनि स्वस्थ जीवनशैलीका माध्यमबाट औषधिको आवश्यकतालाई सीमित बनाएर सुगर लेभल नियन्त्रण गर्न सकिन्छ । तर मुख बारिएन भने केही समयपछि यिनीहरूमा फेरि रगतमा चिनीको मात्रा बढ्न सक्छ ।
के हो डाइबेटिज रिमिशन ?
उपचार गरेर निको भइसकेको क्यान्सर पनि दोहोरिन सक्छ । त्यसैगरी कुनै कुनै व्यक्तिमा देखिएको मधुमेहलाई नियन्त्रण गर्न सकिन्छ । तर यसलाई पूरै निर्मूल पार्न वा हटाउन भने सकिदैंन । केही समयपछि चिनीको मात्रा फेरि बढ्न सक्छ । तौल घटाउने र स्वस्थ जीवनशैली अपनाएर टाइप २ मधुमेहलाई नियन्त्रण गर्न सकिन्छ । तर केही समयअघि मात्रै देखिएको टाइप २ मधुमेहलाई मात्रै नियन्त्रण गर्न सकिन्छ । यसको अर्थ मधुमेहबाट पूर्णतया मुक्ति मिल्छ भन्ने चाँहि हुँदैन ।
क–कसमा यो सम्भव छैन ?
सबै खाले मधुमेहका बिरामीमा यो सम्भव छैन । टाइप २ मधुमेहका बिरामीहरूमा मात्र यो सम्भव छ । लामो समयदेखि मधुमेह भएका वा पातला मानिसहरूमा मधुमेहबाट मुक्तिको सम्भावना छैन । पातलो मानिसहरू कम इन्सुलिन प्रतिरोधी हुन्छन् । यिनीहरूको शरीरले कम इन्सुलिन उत्पादन गर्छ । इन्सुलिनको मात्रा कम भएका बिरामीहरूमा मधुमेह उल्टिने सम्भावना सम्भावना कम हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोड
-
प्रधानमन्त्रीलाई ‘राजदूत बनाइदिन’ म्यासेज गर्दा सचिव कृष्णहरि पुष्कर पक्राउ अनि रिहा
-
पत्रकार महासङ्घद्वारा जेठ २५ देखि असार ५ गतेसम्म दबाबमूलक आन्दोलन घोषणा
-
‘ध्यानबाट मानसिक शान्ति, तनाव व्यवस्थापन तथा सामाजिक सद्भाव प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास’
-
‘रविसँग भारतले ‘समानान्तर कूटनीति’ प्रयोग गरेको हुन सक्छ’
-
सुर्खेत–जुम्ला सडकको दही खोलामा पुल निर्माणका लागि ठेक्का आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण