रातोपाटीमा आउँदै छ नयाँ कार्यक्रम ‘रामराज्य’
काठमाडौँ । रातोपाटी डटकमले नयाँ कार्यक्रम ‘रामराज्य’ सुरु गर्ने भएको छ । डिस्कवरी न्युज नेटवर्कद्वारा सञ्चालित रातोपाटीले आफ्नो युट्युब च्यानल (टिभी) मार्फत आगामी साउन पहिलो साताबाट यो शृङ्खलालाबद्ध कार्यक्रम प्रसारण गर्न लागेको हो ।
सर्वोत्कृष्ट शासन या आदर्श शासनको प्रतीकका रूपमा लिइने ‘रामराज्य’ हरेक बुधबार साँझ ७ बजे प्रसारण हुने नेटवर्कले मंगलबार जनाएको छ । ‘कार्यक्रम ‘रामराज्य’ मा हामी विश्वका कैयौँ देशले विभिन्न क्षेत्रमा गरेका उत्कृष्ट कामबारे तपाईँलाई बताउनेछौँ । ताकि समृद्धि र समाजवादको नारा लगाइरहेका नेपालका राजनीतिक दलका नेता, कार्यकर्ता र आम नागरिकले ‘रामराज्य’ अर्थात् आदर्श शासन–व्यवस्था कस्तो हुँदो रहेछ भन्ने बुझ्न सकुन्,’ नेटवर्कले भनेको छ।
रामराज्यको कल्पनालाई कुन मुलुकले कसरी वास्तविकतामा बदलेका छन् ? भनेर १२ शृङ्खला (एपिसोड)मा १२ देशको कथा समेटिनेछ ।
विश्व क्रान्तिको इतिहाससम्बन्धी कार्यक्रम ‘उथलपुथल’को शृङ्खलापछि रातोपाटीले अर्को रोचक कार्यक्रम पस्किन लागेको हो । ‘उथलपुथल’ जस्तै रामराज्य पनि रातोपाटीका पाठक र दर्शकको रोजाइमा पर्ने विश्वास नेटवर्कले गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय भेलाले जे निर्णय गर्छ, त्यही अनुसार अगाडि बढौँ : जीतजंग बस्नेत
-
बीपी र पुष्पलालका विचार आज पनि उत्तिकै सान्दर्भिक छन् : जनार्दन शर्मा
-
कर्णालीमा कांग्रेस संसदीय दलको बैठक सुरु, के विषयमा हुँदै छ छलफल ?
-
वीपीको चिन्तन गर्न सक्ने पार्टी निर्माण आवश्यक छ : कुन्दनराज काफ्ले
-
बीपी र पुष्पलालको वैचारिक दृष्टिकोणलाई समकालीन यथार्थसँग जोडेर नयाँ राजनीतिक बहस चलाउनु पर्छ: प्रलोपा
-
सुकुमबासीसँग घरजग्गा, सेयर, सवारी साधन र हिरा–जवाहरात खोजिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण