कर्णाली राजमार्ग सञ्चालनमा आयो
मङ्गलबार, २५ असार २०८१, १८ : ०८
सुर्खेत । पहिरोले शुक्रबारदेखि अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा आएको छ ।
राजमार्गको कालिकोट सडक खण्डअन्तर्गत एस मोडको पहिरो हटाउने काम सम्पन्न भएसँगै राजमार्ग सञ्चालनमा आएको हो ।
शुक्रबारदेखि परेको अविरल वर्षाका कारण उक्त मोडमा ठुलो पहिरो गएको थियो । राजमार्ग एकतर्फी खुलेको जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी पोषण थापाले जानकारी दिए ।
राजमार्ग खुलेसँगै यातायातका साधनहरू गन्तव्यतिर लागेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि किसान खुसी
-
गर्मीमा विद्युत् अभाव : मधेसमा बढ्दै छ आक्रोश
-
४० कटेपछि किन टाढिन्छन् साथीभाइ ?
-
अमेरिका–इरानबिचको प्रारम्भिक १४–बुँदे सम्झौता पढ्नुहोस्
-
लुकाई छिपाई राखिएको ३७० किलोग्राम गाँजा बरामद
-
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण