यामालले रचे नयाँ इतिहास
काठमाडौँ । युरो २०२४ मा फ्रान्सविरुद्धको सेमिफाइनल खेलमा स्पेनका युवा खेलाडीले नयाँ इतिहास रच्न सफल भएका छन् । यामाल युरोपियन च्याम्पियनसिपमा गोल गर्ने सबैभन्दा कान्छो खेलाडी बनेका हुन् ।
स्पेन ०–१ गोलले पछि परेको स्थितिमा यामालले २१ औँ मिनेटमा गोल गर्दै १–१ को बराबरीमा ल्याएका थिए । उनले डीबक्स बाहिरबाट सुन्दर गोल गरेका थिए ।
उक्त गोल गर्दा उनी १६ वर्ष ३ सय ६२ दिनका मात्र थिए । उनले स्विट्जरल्यान्डका जोहान भोनलानथेनको रेकर्ड तोडेका हुन् । भोलान्थेनले सन् २००४ को युरोमा १८ वर्ष १४१ दिनको उमेरमा गोल गरेका थिए । उनले पनि फ्रान्सविरुद्ध नै गोल गरेका थिए ।
यामाल युरो खेल्ने सबैभन्दा कम उमेरका खेलाडी पनि हुन् । उनी जुलाई १३ मा १७ वर्षको पुग्नेछन् । उनी जारी युरोमा सबैभन्दा बढी गोलको अवसर सिर्जना गर्ने खेलाडी पनि रहेका छन् । उनले हालसम्म ३ वटा एसिस्ट गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ फनपार्कलाई २ लाख ५ हजार जरिवाना, ऐन विपरित व्यापार गर्ने ८ फर्म पनि कारबाहीमा
-
कर्णालीका उपसभामुखको निजी निवासमा चोरीको प्रयास, झ्याल ढोका तोडफोड
-
‘विशेष प्राथमिकता’ को तिंकर सडकमा बजेट न्यून
-
अर्थमन्त्रीले भनेजस्तै ५० लाखमुनिका ईभी कसरी सस्तिन्छन् ?
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण