गाजामा विस्थापित बस्ने शिविरमा इजरायली हवाई आक्रमण, २९ प्यालेस्टाइनीको मृत्यु
रफाह । दक्षिणी गाजामा एउटा विद्यालयबाहिर विस्थापित व्यक्तिहरू बस्दै आएको शिविरमा इजरायली आक्रमणमा परी कम्तीमा २९ जनाको मृत्यु भएको हो । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले खान युनिसको पूर्वमा रहेको अब्साना अल–कबिरा सहरमा रहेको अल–अव्दा विद्यालयको गेटमा हवाई आक्रमण भएको जनाएको छ ।
‘हमासको सैन्य शाखाका आतंकवादीहरूलाई निशाना बनाउन सटीक हतियार प्रयोग गरेको इजरायली सेनाले बताएको छ । संदिग्धहरूले अक्टोबर ७ मा इजरायलमा आक्रमणमा भाग लिएको दाबी सेनाको छ । पछिल्लो आक्रमणमा सर्वसाधारणको मृत्यु भएको खबरहरूमाथि अनुसन्धान भइरहेको इजरायली सेनाले जनाएको छ ।
एक साताअघि इजरायली सेनाले अबासान अल–कबिरा र खान युनिसको पूर्वी क्षेत्रहरू खाली गर्न आदेश दिएको थियो । जसका कारण त्यहाँबाट हजारौँ मानिस बाहिरिएका थिए । बीबीसीले प्रत्यक्षदर्शीहरूसँग कुरा गर्दा सो क्षेत्रमा ३ हजार भन्दा बढी विस्थापित मानिसहरू रहेको बताइएको छ । आक्रमणले व्यापक विनाश भएको छ । मृतकहरूमा महिला र बालबालिका धेरै भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पद्वारा दर्जनौँ देशमाथि नयाँ दोहोरो अंकको भन्सार शुल्क लागू गर्ने घोषणा
-
के पछि पनि हुन सक्छ डेंगु ?
-
इरान युद्ध: मध्यपूर्वमा तनाव झनै चर्किँदै
-
खराब कोलेस्ट्रोल घटाउन खानुस् यी ७ थरी बियाँ
-
तरकारी तथा फलफूलमा विषादी परीक्षण: विषाक्त भेटिएमा के हुन्छ कारबाही ?
-
अनलाइन सट्टेबाजी हुने दुई लाख बढी वेबसाइट प्राधिकरणले गर्यो बन्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण