दाउरा निकाल्ने क्रममा नदीले बगाउँदा एक जना बेपत्ता

तनहुँ । बाढीले बगाएर ल्याएको दाउरा सेतीनदीबाट झिक्ने क्रममा आज बिहान एक जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार व्यास नगरपालिका–१ भादगाउँ का ५५ वर्षका तालबहादुर थापा छाब्दीखोला दोभानमा बाढीले बगाएर ल्याएको दाउरा तान्दै गर्दा नदीमा बेपत्ता भएका हुन् ।
कार्यालयका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले थापाको खोजी जारी रहेको जानकारी दिए । बाढीले बगाएर ल्याएको दाउरा निकाल्न नदी किनार आसपासका मानिसको भीड लाग्ने गर्दछ ।
पहिराले अवरुद्व पृथ्वीराजमार्ग एकतर्फी सञ्चालन
म्याग्दे गाउँपालिका–६ मौरीओढारमा आज बिहान पहिरा खस्दा अवरुद्व पृथ्वीराजमार्गमा एकतर्फी सञ्चालनमा ल्याइएको छ । अविरल वर्षाका कारण खसेको लेदोसहितको पहिरोले राजमार्ग अवरुद्व भएको थियो ।
पृथ्वीराजमार्गअन्तर्गत पर्ने बन्दीपुर–५ याम्पा नजिक खसेको पहिरा पन्छाएर एकतर्फी सवारीसाधन सञ्चालनमा ल्याएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले कोठाभित्र बोलाएर बाहिर निस्किने ढोका बन्द गरिदियो: इप्पान
-
निलम्बनविरूद्ध पाण्डेद्वारा उच्च अदालत पाटनमा रिट दायर, बुधबार पेसी
-
गृह मन्त्रालयद्वारा २० प्रमुख जिल्ला अधिकारीको सरुवा (सूची)
-
प्रतिनिधिसभा बैठक साढे चार बजेपछि बस्ने
-
स्कटल्यान्डको ‘आदिवासी जनजाति चलचित्र महोत्सव’का लागि ४१ चलचित्र छानिए
-
गाजामा राहत कुरेर बसिरहेका कम्तीमा ५१ प्यालेस्टिनीको मृत्यु