महिलाका कारण पुरुषको आत्महत्या दर बढेको कोरियाली नेताको आरोप
सियोल । दक्षिण कोरियाका एक राजनीतिज्ञले पुरुषहरूको आत्महत्याको वृद्धिलाई समाजमा महिलाको बढ्दो ‘प्रभावी’ भूमिकासँग जोडेर अप्रमाणित टिप्पणी गरेका छन् । उनको यस अभिव्यक्तिको चौतर्फ आलोचना भइरहेको छ।
एक रिपोर्टमा, सियोल सिटी काउन्सिलर किम की-डकले रोजगारीमा महिलाहरूको बढ्दो सहभागिताले पुरुषहरूलाई काम पाउन र उनीहरूसँग विवाह गर्न चाहने महिलाहरू खोज्न गाह्रो भएको तर्क गरेका थिए । उनले देश भर्खरै ‘महिला-प्रधान समाजमा परिवर्तन हुन थालेको’ र यो ‘पुरुषहरूको आत्महत्या प्रयासमा वृद्धिको लागि आंशिक रूपमा जिम्मेवार हुन सक्ने’ दाबी गरे ।
दक्षिण कोरिया सबैभन्दा आत्महत्या दर बढी भएको विश्वका धनी देशहरूमध्ये मध्ये एक हो । त्यहाँ लैङ्गिक समानताको स्थिति पनि खराब छ।
सियोलको हान नदीको किनारका पुलहरूमा आत्महत्या प्रयासहरूको सङ्ख्याको तथ्याङ्कको विश्लेषण गर्दा डेमोक्र्याटिक पार्टीका काउन्सिलर किम आफ्नो मूल्याङ्कन प्रस्तुत गरेका थिए ।
नगर परिषद्को आधिकारिक वेबसाइटमा प्रकाशित प्रतिवेदनले नदी किनारमा आत्महत्या गर्ने प्रयासको सङ्ख्या २०१८ मा ४३० बाट बढेर २०२३ मा १,०३५ पुगेको देखाएको छ । आफ्नो ज्यान लिन खोज्नेहरू मध्ये पुरुषहरूको अनुपात ६७ प्रतिशतबाट ७७ प्रतिशतसम्म बढेको बताइएको छ।
आत्महत्या रोकथाम विज्ञहरूले किमको विश्लेषणमा चिन्ता व्यक्त गरेका छन्। ‘पर्याप्त प्रमाण बिना यसरी दाबी गर्नु खतरनाक र मूर्खता हो,’ सियोलको योन्सेई विश्वविद्यालयका मानसिक स्वास्थ्यसम्बन्धी प्राध्यापक सङ इन हानले बीबीसीलाई भने।
उनले विश्वमा नै महिलाको तुलनामा पुरुषले बढी ज्यान लिने गरेको बताए । बेलायतलगायत धेरै देशहरूमा ५० वर्ष मुनिका धेरै पुरुषहरूले आत्महत्या गर्ने बताए ।
सङले सियोलमा आत्महत्या गर्ने पुरुषहरूको तीव्र वृद्धिको कारणलाई वैज्ञानिक रूपमा अध्ययन गर्न आवश्यक रहेको बताए ।
दक्षिण कोरियामा पूर्ण-समय रोजगारीमा पुरुष र महिलाहरूको सङ्ख्यामा ठुलो खाडल छ । महिलाहरूले असमानतापूर्वक अस्थायी वा पार्ट-टाइम कामहरू गर्छन्। लैङ्गिक तलब अन्तर बिस्तारै सङ्कुचित हुँदै गएको छ, तर अझै पनि महिलाहरूलाई पुरुषको तुलनामा औसत २९ प्रतिशत कम तलब दिइन्छ।
हालैका वर्षहरूमा दक्षिण कोरियामा एक नारीविरोधी आन्दोलन बढेको छ, जसको नेतृत्व भ्रमित युवा पुरुषहरूले गरेका छन् । उनीहरू महिलाहरूको जीवन सुधार गर्ने प्रयासबाट आफूहरूलाई बेफाइदा भएको तर्क गर्छन् ।
बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण