सम्पत्ति शुद्धीकरण मामिलामा ज्याकलिनलाई फेरि बोलायो इडीले
नयाँ दिल्ली । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेज फेरि एक पटक चर्चामा छिन् । भारतको कानुन कार्यान्वयन गराउने निकाय प्रवर्तन निर्देशनालय (ईडी) ले उनलाई सुकेश चन्द्रशेखरसँग सम्बन्धित सम्पत्ति शुद्धीकरण मुद्दामा बुधवार सोधपुछका लागि बोलाएको हो ।
श्रीलंकाली मूलकी ३८ वर्षीया अभिनेत्रीसँग यसअघि पनि सोधपुछ भइसकेको थियो । यो मामिला फोर्टिस हेल्थकेयरका पूर्व प्रमोटर शिवेन्द्र मोहन सिंहकी पत्नी अदिति सिंह सहित उच्च प्रोफाइलका व्यक्तिहरूबाट करिब २०० करोडको ठगीसँग सम्बन्धित छ ।
ईडीको गम्भीर आरोप
ईडीको आरोप अनुसार धोखाधडीमार्फत कमाएको अवैध धन ज्याकलिनका लागि उपहार किन्न प्रयोग गरिएको छ । सन् २०२२ मा दायर गरिएको आरोप पत्रमा ज्याकलिनलाई चन्द्र शेखरको आपराधिक पृष्ठभूमिबारे थाहा हुँदाहुँदै पनि चन्द्रशेखरले दिएका बहुमूल्य वस्तु, गहना र महङ्गा उपहार लिएको भनेर भनिएको छ ।
यस मामिलामा अहिलेसम्म ज्याकलिनसँग कम्तिमा पाँच पटक सोधपुछ भइसकेको छ । तर, हरेक पटक अभिनेत्रीले आफू निर्दोष भएको र चन्द्रशेखरको कथित आपराधिक गतिविधिबारे आफूलाई जानकारी नभएको बताउँदै आएकी छिन् ।
कामको कुरा गर्नुपर्दा ज्याकलिन छिट्टै फतेह नामको फिल्ममा देखिनेछिन् । यस फिल्ममा उनको साथमा सोनू सुद पनि छन् । यसबाहेक उनी वेलकम टु द जङ्गलमा पनि देखिनेछिन् । फिल्ममा अक्षयकुमार लगायतका कयौँ ठुला स्टारहरू ठुलो पर्दामा एकसाथ देखिँदैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
-
कतारमाथि क्यानडाको एकपक्षीय दबदबा, पहिलो हाफमै ३–० को अग्रता
-
क्यानडा र कतार भिड्दै, अघिल्लो चरणका लागि दुवै टोलीलाई जितको दबाब
-
उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद
-
बोस्नियामाथि स्विट्जरल्याण्डको सानदार जित, ४ अंकसहित नकआउट चरणको नजिक
-
स्विट्जरल्याण्ड र बोस्नियाबिच कडा प्रतिस्पर्धा, पहिलो हाफमा भएन गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण