एमालेले भन्यो– ७६ (२) अनुसार सरकार गठन गर्न कुनै जटिलता छैन
काठमाडौँ । नेकपा एमालेले संविधानको धारा ७६ को २ अनुसार सरकार गठन गर्न कुनै जटिलता नभएको बताएको छ ।
एमाले सचिवालय बैठकले गरेको निर्णय सुनाउने क्रममा एमाले नेता प्रदीप ज्ञवालीले अहिले संविधानको धारा २ कि ३ भनेर चलाइएको चर्चा उचित नभएको बताए ।
‘७६ को २ अनुसार सरकार गठन गर्न कुनै जटिलता छैन’, ज्ञवालीले भने, ‘अहिले उपधारा ३ कि २ भनेर चलाइएको चर्चा भ्रम फिँजाउनका लागि मात्र भएको हो ।’
उनले यो भन्दा अगाडि नै पटक पटक संसदीय अभ्यासमा प्रयोग भइसकेको पनि बताए । ‘२०७८ साल वैशाखमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा विश्वासको मत माग्नुभयो । नेकपा एमालेकै कतिपय सदस्यहरूको अनुपस्थितिका कारण त्यो बेला विश्वासको मतको पक्षमा बहुमत पुगेन’, उनले भने, ‘उहाँले राजीनामा गर्नुभयो । राजीनामा गरेपछि तत्कालीन राष्ट्रपतिले फेरि ७६ (२) अनुसारकै सरकार बनाउन दलहरूलाई आह्वान गर्नुभएको थियो ।’ तर त्यसबेला राष्ट्रपतिले दिएको समयभित्र कसैको पनि माग दाबी भएको थिएन । त्यसपछि संविधानको धारा ७६ को उपधारा ३ अनुसार प्रधानमन्त्री नियुक्त गरिएको थियो ।
त्यस्तै एमालेले संघीय सरकारमा त्यसबेला र अहिले भर्खरै कोशी प्रदेश सरकारको हकमा पनि सर्वोच्च अदालतले एउटै धाराबाट पनि पटक पटक सरकार बन्न सक्छन् भन्ने प्रस्ट पारिसकेको बताए ।
‘त्यसैले कुनै पनि संवैधानिक जटिलता छैन । ख्याल गर्नुपर्ने कुरा के हो भने निर्वाचन भइसकेपछि ती धाराहरू क्रमशः प्रयोग हुँदै जान्छन्’, उनले भने, ‘जानी जानी भ्रम फैलाउन खोजिएको हो ।’ उनले संविधान र प्रावधानहरू अस्पष्ट नभएको दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
-
बलात्कार र अपहरणको मुद्दामा १८ वर्षपछि राम चन्दुर निर्दोष ठहर
-
त्रिभुवन विश्वविद्यालय : राजनीतिक भागबन्डादेखि सेवा आयोगको अग्निपरीक्षासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण