एटिएम तोडफोड गरेको आरोपमा दुईजना पक्राउ
बुधबार, २६ असार २०८१, १५ : १९
काठमाडौँ । काठमाडौँको बुढानीलकण्ठमा एटिएम तोडफोड गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको किस्पाङ गाउँपालिका घर भएर बुढानीलकण्ठ बस्ने ३४ वर्षीय श्याम बहादुर घले र १९ वर्षीय सुजन तामाङ छन् ।
बुधबार बिहान उनीहरुले बुढानीलकण्ठ नगरपालिका–३ स्थित रुद्रेश्वर चोकको माछापुच्छ्रे बैंकको एटिएम तोडफोड गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए ।
उनीहरूको साथबाट प्रहरीले फलामको रड बरामद गरेको छ । घटनाबारे प्रहरी वृत महाराजगञ्जले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल वायु सेवा निगमको कार्यकारी अध्यक्षमा श्रेष्ठ नियुक्त
-
महत्त्वपूर्ण क्षेप्यास्त्र भण्डार अभावको जोखिममा अमेरिका
-
बालेनसँगकाे छलफलदेखि उठेका विभिन्न प्रश्नबारे रवि लामिछानेले के भने ?
-
अभिषेक गिरीको दादागिरीः कन्स्ट्रक्सनको टिप्पर र स्काभेटर कवाडीमा बेचे, बुढानिलकण्ठको घर कब्जा
-
सरकारले गम्भीर मुद्दाबाट ध्यान मोड्न खोज्यो : कांग्रेस सचेतक राई
-
पर्यटक लोभ्याउने ‘ठूली दह’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण