लगनखेलस्थित श्रीराम फार्मेसीका सञ्चालक पक्राउ
बुधबार, २६ असार २०८१, १५ : ३९
काठमाडौँ । ललितपुरको लगनखेलस्थित श्रीराम फार्मेसीका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सञ्चालक लक्ष्मण महर्जन छन् ।
औषधी व्यवस्था विभागको आग्रहमा उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेश सुवेदीले रातोपाटीलाई बताए ।
औषधि व्यवस्था विभाग बबरमहलबाट खटिएको टोलीले अनुगमन गर्दा सो फार्मेसीमा खरिद गरेको बिल नभएको औषधी भेटिएको थियो । खरिद बिल बिनाको औषधी भेटिएपछि विभागले फार्मेसी सिल गरेको छ ।
विभागको टोलीले २३० थान बिल नभएको औषधी बरामद गरेको छ । सञ्चालकविरुद्ध विभागले कानुनी कारबाही अघि बढाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘५० हजार जरिवानाको कुरा भ्रम मात्रै, जरिवाना तिर्न नसक्नेलाई श्रमदानको व्यवस्था’
-
गृहमन्त्री र मिटरब्याज पीडितबिच दोस्रो चरणको वार्ता सम्पन्न, माग पूरा नभए काठमाडौँतर्फको यात्रा अघि बढाउने चेतावनी
-
पूर्वमुख्यमन्त्री रावलको भाइरल भिडियो : के भएकाे थियाे ?
-
जोखिमयुक्त सडक वर्षाको समयमा बन्द गरेर भए पनि नागरिकको सुरक्षा गरिन्छ : मन्त्री लम्साल
-
चार महिनापछि इरानी संसद्मा पहिलो सार्वजनिक बैठक, होर्मुजसम्बन्धी विधेयक दर्ता
-
सांसद ऐन महरलाई कसले दियाे ज्यान मार्ने धम्की ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण