राजनीति
जनमत पार्टीका केन्द्रीय सचिवसहित ७ नेतालाई कारबाही
बुधबार, २६ असार २०८१, १६ : २४
१
काठमाडौँ । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले सात जना नेतालाई तीन महिना निलम्बनको कारबाही गरेको छ । असार २० गते बसेको पार्टी केन्द्रीय अनुशासन समितिको बैठकबाट आन्तरिक छानबिन समितिको प्रतिवेदनमाथि विचार गर्दै उक्त निर्णय गरेको सो पार्टीले जनाएको छ ।
निलम्बनमा पर्नेहरुमा विशेश्वरप्रसाद (वीप)साह राष्ट्रिय सचिव, रामेश्वर यादव केन्द्रीय सदस्य, कृष्णचन्द्र साह मिर्चैया नगरपालिका सचिव, अरविन्द सहनी पुर्वजिल्ला अध्यक्ष, धिरज कामती साधारण सदस्य, अनिता कुमारी यादव वडा प्रत्याशी र दिपनारायण यादव पूर्व नगरपालिका सचिव रहेको सो पार्टीका अनुशासन विभाग समितिका सचिव अनिताकुमारी मण्डलले जनाएकी छन् । उनीहरूको निलम्बन असार २६ गतेदेखि लागु हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
-
स्वीकृतभन्दा बढी शय्या सञ्चालन गर्ने मेडिकलबाट बेरुजु रकम असुल गरिने
-
परराष्ट्रमन्त्री खनालद्वारा बेलायतका रक्षा मन्त्रीसँग भर्चुअल बैठक
-
औद्योगिक क्षेत्रको बक्यौता नतिर्नेमाथि कठोर कदम: सात दिनभित्र भुक्तानी नगरे सञ्चालक नै पक्राउ पर्ने
-
सरकारद्वारा जिल्ला भूमि समस्या समाधान समिति गठन, प्रमुख जिल्ला अधिकारीलाई अध्यक्षको जिम्मेवारी
-
यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण