बढी मूल्यमा नुन बेच्ने सोल्टीमोडको म्याक्रो मार्टलाई ३ लाख जरिवाना
काठमाडौँ । एमआरपीभन्दा बढी मूल्यमा आयो नुन बेच्ने सोल्टीमोडको म्याक्रो मिनी मार्टलाई जरिवाना भएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दिएको जानकारी अनुसार उक्त मार्टलाई ३ लाख रुपैयाँ जरिवाना भएको हो ।
साल्ट ट्रेडिङ कर्पोरेशनले आयो नुनको मूल्य प्रतिप्याकेट २६ रुपैयाँ तोकेको छ । यसअघिको मूल्य परिमार्जन गर्दै कर्पोरेशनले २६ रुपैयाँ पुर्याएको थियो । विभागमा आएको गुनासो बमोजिम बजार अनुगमन गर्दा तोकिएको मूल्यभन्दा बढीमा नुन बिक्री वितरण भइरहेको पाइएको प्रवक्ता आनन्दराज पोखरेल बताउँछन् ।
यस्तै अनुगमनका क्रममा मेगा मार्टले म्याद गुज्रिएको नुनको बिक्री वितरण गरेको पाइएको थियो । यी दुई मार्टलाई उपभोक्ता संरक्षण ऐनको व्यवस्थाअनुसार ३–३ लाख रुपैयाँका दरले कारबाही गरेको पोखरेलले जानकारी दिए । यस्तै अत्यावश्यक वस्तुको सूचीमा रहेको नुनमा बढी मूल्य लिएको तथा म्याद गुज्रिएको भेटिएमा ऐन बमोजिम कारबाही गर्ने समेत विभागले चेतावनी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण