ड्युक मोटरसाइकल चोरीमा संलग्न तीन जना पक्राउ
काठमाडौँ । काठमाडौँको मित्रनगर र नेपालटारबाट मोटरसाइकल चोरीमा संलग्न तीन जनालाई वुधबार ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । मकवानपुरको बागमती गाउँपालिका ४ झुरझुरे घर भई काठमाडौँको नयाँबसपार्क बस्ने २७ वर्षीय आशाराम थिङ, सल्यानको शारदा नगरपालिका ५ घर भई काठमाडौँको जरङखु बस्ने १९ वर्षीय राहुल सिंह ठकुरी र काठमाडौँको बालाजुका आशिष गहतराजलाई ट्राफिक प्रहरीले पक्राउ गरेको हो ।
वास्तविक नम्बर परिवर्तन गरी बागमती प्रदेश ०२-०४८ प ५३ ५३ नम्बर राखी चलाइरहेको अवस्थामा थिङलाई मोटरसाइकल सहित आज काठमाडौँको मित्रनगरमा ट्राफिक प्रहरीले फेला पारेको थियो । वास्तविक नम्बर बागमती प्रदेश ०२-०२७ प ८२ ८२ नम्बरको केटीएम ड्यूक मोटरसाइकल काठमाडौँको बौद्धबाट हराएको भनी समन बास्ताकोटीले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा खोजतलासको लागि निवेदन दिएका थिए ।
त्यस्तै, बागमती प्रदेश ०२-०४५ प ८३ २० नम्बर राखी चलाइरहेको अवस्थामा ठकुरीलाई मोटरसाइकल सहित आज नेपालटारबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा आएका ठकुरीलाई सोधपुछ गर्दा उक्त मोटरसाइकल आशिष गहतराज मार्फत झापाका सन्तोष लिम्बुसँग किनेको भन्ने खुल्न आएको हुँदा गहतराजलाई समेत ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । वास्तविक नम्बर बागमती प्रदेश ०२-०४२ प ४९ ७७ नम्बरको केटीएम ड्युक मोटरसाइकल काठमाडौँको कलंकीस्थित खसीबजारबाट हराएको भनी निश्चल श्रेष्ठले खोजतलासको लागि निवेदन दिएका थिए ।
नियन्त्रणमा आएका थिङलाई अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त महाराजगन्ज, ठकुरी र गहतराजलाई प्रहरी वृत्त कालीमाटी पठाइएको छ भने सन्तोष लिम्बुको खोजी भइरहेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल वायु सेवा निगमको कार्यकारी अध्यक्षमा श्रेष्ठ नियुक्त
-
महत्त्वपूर्ण क्षेप्यास्त्र भण्डार अभावको जोखिममा अमेरिका
-
बालेनसँगकाे छलफलदेखि उठेका विभिन्न प्रश्नबारे रवि लामिछानेले के भने ?
-
अभिषेक गिरीको दादागिरीः कन्स्ट्रक्सनको टिप्पर र स्काभेटर कवाडीमा बेचे, बुढानिलकण्ठको घर कब्जा
-
सरकारले गम्भीर मुद्दाबाट ध्यान मोड्न खोज्यो : कांग्रेस सचेतक राई
-
पर्यटक लोभ्याउने ‘ठूली दह’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण