विन्ध्यावासिनी सहकारी ठगी आरोपमा थप एक जना पक्राउ
बुधबार, २६ असार २०८१, २१ : ११
पोखरा । पोखरामा रहेको विन्ध्यावासिनी सहकारीको रकम हिनामिना आरोपमा थप एक जना पक्राउ परेका छन् । प्रहरीले सहकारीका पूर्व लेखा समिति सदस्य हरिप्रसाद अधिकारीलाई पक्राउ गरेको हो ।
उनलाई बुधबार अदालतमा उपस्थित गराएको छ । विन्ध्यावासिनी सहकारी ठगी मुद्दामा हालसम्म १७ जना पक्राउ परेका छन् भने अझै १४ जना फरार रहेका प्रहरीले जनाएको छ ।
उनीहरुको खोजी भैरहेको कास्की प्रहरी प्रवक्ता डीएसपी बसन्तकुमार शर्माले जानकारी दिए । मंगलबार पनि सञ्चालक समितिका सचिव किरण कपाली र पूर्व लेखा समिति संयोजक बुद्दिसागर ढकाललाई पक्राउ गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण