बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

विन्ध्यावासिनी सहकारी ठगी आरोपमा थप एक जना पक्राउ

बुधबार, २६ असार २०८१, २१ : ११
बुधबार, २६ असार २०८१

पोखरा । पोखरामा रहेको विन्ध्यावासिनी सहकारीको रकम हिनामिना आरोपमा थप एक जना पक्राउ परेका छन् । प्रहरीले सहकारीका पूर्व लेखा समिति सदस्य हरिप्रसाद अधिकारीलाई पक्राउ गरेको हो ।

उनलाई बुधबार अदालतमा उपस्थित गराएको छ । विन्ध्यावासिनी सहकारी ठगी मुद्दामा हालसम्म १७ जना पक्राउ परेका छन् भने अझै १४ जना फरार रहेका प्रहरीले जनाएको छ ।

उनीहरुको खोजी भैरहेको कास्की प्रहरी प्रवक्ता डीएसपी बसन्तकुमार शर्माले जानकारी दिए । मंगलबार पनि सञ्चालक समितिका सचिव किरण कपाली र पूर्व लेखा समिति संयोजक बुद्दिसागर ढकाललाई पक्राउ गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप