कोपा अमेरिका : फ्यानहरूसँग झगडा गर्न स्ट्यान्डमै उक्लिए डार्विन नुनेज
नर्थ क्यारोलिना । बुधबार साँझ आफ्नो राष्ट्रिय टोली उरुग्वे पराजित भएपछि लिभरपुलका फुटबलर डार्विन नुनेज दर्शकहरूसँग झगडा गर्न पुगेका छन् । कोपा अमेरिकाको सेमिफाइनल खेलको अन्तिम सीटी बजेसँगै नुनेजलाई स्ट्यान्डमा रहेका कोलम्बियाका फ्यानहरूसँग भिड्दै गरेको देखियो ।
उरुग्वेको सञ्चारमाध्यम एल पेसका अनुसार खेलाडीका साथीहरू र परिवारका सदस्यहरू बस्ने ठाउँ नजिकै यो झडप भएको थियो । नुनेजले घटनामा हालसम्म सार्वजनिक रूपमा टिप्पणी गरेका छैनन्। नर्थ क्यारोलिनाको शार्लोटमा रहेको बैंक अफ अमेरिका स्टेडियमको स्ट्यान्डको रेलिङमा चढेर नुनेज झगडा गर्न पुगेको तस्बिरहरू टिभी क्यामेरा र फ्यानले कैद गरेका थिए ।
_KP4c3DC8Gd.png)
तस्बिरमा उनले कोलम्बियाका फ्यानहरूको सामना गरिरहेको देख्न सकिन्छ । अरूले उनलाई रोक्न खोजेको पनि देखिएको छ । घटनामा उरुग्वेका अन्य खेलाडी पनि संलग्न रहेको बताइएको छ । उरुग्वेका कप्तान जोसे मारिया गिमेनेजले खेलाडीहरूले आफ्नो परिवारको रक्षा गर्न खोजेको प्रतिक्रिया दिएका छन् । भीडमा भएको अवस्थालाई उनले ‘विपत्ति’ भनेर वर्णन गरेको रोयटर्सले रिपोर्ट गरेको छ ।
_pgtythiEtf.png)
उनले थप भने, ‘त्यहाँ कुनै प्रहरी थिएन र हामीले हाम्रो परिवारको रक्षा गर्नुपर्यो। यो दुई वा तीन व्यक्तिको गल्ती हो जसले धेरै रक्सी पिएका थिए । उनीहरुलाई कसरी पिउने भनेर थाहा थिएन ।’ भिडमा अराजकता सुरु हुनुभन्दा केही समयअघि खेल सकिएपछि खेलाडी र कोचिङ स्टाफबिच मैदानमा नै झडप भएको थियो ।
_kT4jGEbOhz.png)
अन्तिम चारमा कोलम्बियासँग १(० ले पराजित भएपछि उरुग्वे सोमबार हुने कोपा अमेरिकाको फाइनलमा स्थान बनाउन असफल भयो । सोमबार हुने फाइनलमा अब कोलम्बियाले अर्जेन्टिनासँग खेल्नेछ ।
उरुग्वेका लागि सुरुवात गरे पनि नुनेजले चार प्रयासमध्ये एउटा पनि गोलमा परिणत गर्न सकेनन् । लिभरपुलले जुन २०२२ मा बेन्फिकाबाट प्रारम्भिक ६.४ करोड पाउन्डमा फरवार्डलाई अनुबन्ध गरेको थियो। उनले क्लबका लागि ६५ खेलमा २० गोल गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिसाको अन्योलबिच विश्वकपका लागि मेक्सिको प्रस्थान गर्दै इरानी टोली
-
एआईलाई सिर्जनात्मक स्वतन्त्रता दिने कि नदिने ? विवादमा तानिए मार्टिन स्कोर्सेस
-
गोदावरी नगरपालिकाका प्रशासकीय अधिकृत चढ्ने स्कोर्पियो चोरी
-
सगरमाथामा ‘चमत्कार’ : सात दिनपछि ‘डेथ जोन’ बाट कसरी जीवितै फर्किए दावा शेर्पा ?
-
ट्रम्पद्वारा ८ हजार संघीय कर्मचारीलाई हटाउने आदेशमा हस्ताक्षर
-
चिडियाखानामा ‘ट्रम्प’ भैँसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण