नापी कार्यालय लगनखेलका सर्वेक्षक घुससहित पक्राउ
शुक्रबार, २८ असार २०८१, १२ : ५६
ललितपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरस्थित नापी कार्यालय लगनखेलमा कार्यरत सर्वेक्षक सञ्जीव कुमार यादवसहित दुई जनालाई घुससहित पक्राउ गरेको छ । यादवसहित आरबी लेखापढी सेन्टरका सञ्चालक राम बाबु भुजेललाई अख्तियारको टोलीले बिहीबार पक्राउ गरेको हो ।
प्रवक्ता नरहरि घिमिरेका अनुसार जग्गा हालसाबिक गरी पुर्जा उपलब्ध गराइदिन उनीहरूले सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदन परेको थियो ।
सोही आधारमा आयोगबाट खटिएको टोलीले यादव र भुजेललाई सेवाग्राहीबाट ४ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा उक्त रकमसहित ललितपुर महानगरपालिका-१२ लगनखेलमा रहेको आरबी सेन्टरबाट नियन्त्रणमा लिएको हो । दुवैमाथि थप अनुसन्धान भइरहेको प्रवक्ता घिमिरेको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘५० हजार जरिवानाको कुरा भ्रम मात्रै, जरिवाना तिर्न नसक्नेलाई श्रमदानको व्यवस्था’
-
गृहमन्त्री र मिटरब्याज पीडितबिच दोस्रो चरणको वार्ता सम्पन्न, माग पूरा नभए काठमाडौँतर्फको यात्रा अघि बढाउने चेतावनी
-
पूर्वमुख्यमन्त्री रावलको भाइरल भिडियो : के भएकाे थियाे ?
-
जोखिमयुक्त सडक वर्षाको समयमा बन्द गरेर भए पनि नागरिकको सुरक्षा गरिन्छ : मन्त्री लम्साल
-
चार महिनापछि इरानी संसद्मा पहिलो सार्वजनिक बैठक, होर्मुजसम्बन्धी विधेयक दर्ता
-
सांसद ऐन महरलाई कसले दियाे ज्यान मार्ने धम्की ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण