‘मिस नेपाल–२०२४’ का २६ प्रतियोगीले देखाए ट्यालेन्ट
काठमाडौँ । ‘मिस नेपाल–२०२४’ को उपाधि दौडमा २६ प्रतियोगी छन् । उपाधि आफ्नो पोल्टामा पार्न उनीहरू विभिन्न प्रशिक्षणमा समेत जुटिरहेका छन् । प्रशिक्षणकै क्रममा रहेका प्रतियोगीले बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा आ–आफ्नो ट्यालेन्ट देखाएका छन् ।
‘ट्यालेन्ट’ राउन्डअन्तर्गत उनीहरुले नृत्य, गायन, वक्तृत्वकला, प्रहसन लगायतका विभिन्न कला प्रस्तुत गरेका हुन् । दि हिडन ट्रेजरद्वारा आयोजित ‘मिस नेपाल’को यो वर्षको संस्करणको ग्राण्ड फिनाले आगामी साउन १९ गते ललितपुरस्थित सनराइज कन्भेन्सन सेन्टरमा हुँदैछ ।
_XYQFXkbcAu.gif)
प्रतियोगितामा शुभेच्छा कार्की, आश्माकुमारी केसी, सुमना केसी, निभिता चापागाइँ, स्रिमिका मानन्धर, आँचल खत्री, ऊर्जा नेवा, करुणा रावत, अञ्जना पुन, राधिका थापा, इभा गिरी, दृष्टि थापा, दीक्षा अवस्थी, इरिना श्रेष्ठ, ललिता शेर्बुजा मगर, किम्ती श्रेष्ठ, प्रेरभिता स्वार, रोशनी दाहाल, समीक्षा निरौला, प्रसुना भुषाल, पूजा बराल, सायरा खड्का, अम्बिका राणा, अनिशा मल्ल, श्रद्धासुमन सिलवाल र सामिन कोइराला प्रतियोगितामा शीर्ष उपाधिका लागि भिड्दैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण