२४ घण्टामा पहिरोका कारण १५ जनाको मृत्यु
शुक्रबार, २८ असार २०८१, १३ : ५०
_nlEY6twleL.jpg)
काठमाडौँ । विगत २४ घण्टामा नेपालमा पहिरोका कारण १५ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयका सचिव एकनारायण अर्यालले बिहीबारदेखि शुक्रबार दिउँसोसम्म कास्कीमा ११ जना, म्याग्दी २ जना, चितवनमा १ जना गरी कुल १५ जनको मृत्यु भएको जानकारी दिए ।
साथै काठमाडौँबाट गौर र वीरगन्जबाट काठमाडौँ आउने दुई वटा रात्रि बस पहिरोले बगाएको सो बसमा रहेकाहरूको बारेमा खोजी जारी रहेको बताए । उनले बसमा कति सवारी थिए भन्ने यकिन तथ्याङ्क नभएकाले अहिलेसम्म विवरण प्राप्त हुन नसकेको बताए ।
यसैबिच शुक्रवार सिंहदरबारमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, सडक विभाग, यातायात व्यवसायी लगायतका सम्बन्धित निकायहरुबिच विपद् सम्बन्धी छलफल भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तेस्रो एमबीएएन स्पोर्ट्स मिट : फुटसल, ब्याडमिण्टन र टेबलटेनिसमा प्रतिस्पर्धा हुने
-
रास्वपा र राप्रपाको विरोधपछि प्रतिनिधिसभा आधा घण्टासम्मका लागि स्थगित
-
‘गोबर गणेश’ बनाउँदै बल्छी धुर्बे
-
प्रतिनिधिसभामा रास्वपा र राप्रपाको विरोध
-
२५ लाखमा बन्ने फिल्म अभिनय गर्दै अनमोल केसी
-
रौतहट बम काण्डमा मारिएका पिन्टुका बुवाको उजुरी : आलमलाई सफाइ दिने न्यायाधीशलाई कारबाही गरिपाऊँ