हनी ट्रयापमा संलग्न २ जना पक्राउ, युवती प्रयोग गरेर १ करोडको बार्गेनिङ
काठमाडौँ । हनी ट्रयापमा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरेको छ । आपराधिक लाभ लिने उद्देश्यले योजनाबद्ध तवरले सामाजिक सञ्जालमार्फत पुरुषसँग सम्पर्क बढाउने र त्यसपछि बार्गेनिङ गरेर रकम असुल्ने कार्यमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पीडितले काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा दिएको उजुरीका आधारमा सिन्धुपाल्चोकका तेन्जी डोमा छिरिङ भनिने सिर्जना तामाङ र सौरभ तामाङ भन्ने लिला बहादुर तामाङलाई राजधानीको बौद्धबाट पक्राउ गरेको हो ।
प्रहरी अनुसन्धानका क्रममा लिला बहादुर तामाङले पीडितको फेसबुक आइडी सिर्जना तामाङको ह्वाट्स एपमा पठाई साथी बन्न लगाएको र फेसबुक मेसेन्जरबाट सिर्जना तामाङले पीडितसँग कुरा गरी भेट्नलाई आफ्नो कोठामा बोलाएको खुलेको छ ।
यस्तै पीडित कोठामा आउन मन्जुर भएपछि लिला बहादुर तामाङले पीडितसँगको भिडियो बनाउने प्रयोजनको लागि सिर्जना तामाङलाई आफ्नो मोबाइल दिएको पनि खुलेको छ ।
त्यसपछि सौरभले दिएको मोबाइलबाट सिर्जनाले आफ्नो र पीडितको अश्लील भिडियो बनाई उक्त मोबाइल सौरभलाई फिर्ता गरेको पाइएको छ । त्यसपछि उक्त भिडियो सिर्जना र सौरभले पीडितलाई पठाई सुरुमा पीडितसँग १ करोडको बार्गेनिङ गरेको खुलेको छ । यस्तै पछि १५ लाखमा कुरा मिलाएको प्रहरी अनुसन्धानबाट खुलेको छ । आफू यसरी ठगिएपछि पीडित प्रहरीमा पुगेका थिए ।
पक्राउ परेकाहरूलाई आपराधिक लाभ मुद्दामा थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘५० हजार जरिवानाको कुरा भ्रम मात्रै, जरिवाना तिर्न नसक्नेलाई श्रमदानको व्यवस्था’
-
गृहमन्त्री र मिटरब्याज पीडितबिच दोस्रो चरणको वार्ता सम्पन्न, माग पूरा नभए काठमाडौँतर्फको यात्रा अघि बढाउने चेतावनी
-
पूर्वमुख्यमन्त्री रावलको भाइरल भिडियो : के भएकाे थियाे ?
-
जोखिमयुक्त सडक वर्षाको समयमा बन्द गरेर भए पनि नागरिकको सुरक्षा गरिन्छ : मन्त्री लम्साल
-
चार महिनापछि इरानी संसद्मा पहिलो सार्वजनिक बैठक, होर्मुजसम्बन्धी विधेयक दर्ता
-
सांसद ऐन महरलाई कसले दियाे ज्यान मार्ने धम्की ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण