अपडेट : थाई गुम्बाको पर्खाल भत्केर घाइते भएकी नाबालिकाको मृत्यु
शुक्रबार, २८ असार २०८१, १७ : ५७
काठमाडौँ । काठमाडौँको दक्षिणकाली नगरपालिका–५ स्थित थाई गुम्बाको कम्पाउन्ड पर्खाल भत्किँदा घाइते भएकी एक जना नाबालिकाको मृत्यु भएको छ । ५ वर्षीया पल्जोम तामाङको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए । उपचारको क्रममा उनको मनमोहन स्मृति अस्पतालमा मृत्यु भएको हो ।
कर्मास्यामदेलिङ नुनुरी आनी गुम्बाको कम्पाउन्ड भत्किँदा ५ जना घाइते भएका छन् । उनीहरूको बल्खुस्थित बयोधा अस्पतालमा उपचार हुँदैछ । पर्खाल भत्केर पुरिएका आनीहरुलाई प्रहरी निरीक्षक ज्ञानमञ्जरी शर्मा नेतृत्वको टिमले उद्धार गरेर अस्पताल पठाएको थियो ।
दुर्घटनामा परेर घाइते हुनेमा १२ वर्षीया पासाङ डोल्मा तामाङ, ११ वर्षीया स्याङ्बो शेर्पा, १० वर्षीया सुनिता तामाङ, ८ वर्षीया ममता तामाङ र ८ वर्षीया मन कुमारी तामाङ छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण