कामचलाउ प्रधानमन्त्री भएपछि प्रचण्डले भने– लडाइँ जितेजस्तो भएको छ
शुक्रबार, २८ असार २०८१, १९ : १६
काठमाडौँ । कामचलाउ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा आफ्नो प्रस्तावको पक्षमा ६३ मत आएपनि आफू र आफ्नो पक्षमा मतदान गर्नेहरूले लडाई जितेको अनुभव भएको बताएका छन् ।
काम चलाऊ प्रधानमन्त्रीको हैसियतमा पुगेपछि निजी निवास खुमलटार पुगेर स्थानीयलाई सम्बोधन गर्दै प्रचण्डले नयाँ सरकार गठनका लागि अझैपनि प्रक्रिया पुरा नभएको बताए ।
उनले प्रतिनिधि सभामा आफ्नो प्रस्ताव अस्वीकृत भएपछि आफू काम चलाऊ प्रधानमन्त्री बनेको भन्दै संविधानको उपधारा २ वा ३ बारे प्रधानमन्त्री नियुक्त गर्नेबारे राष्ट्रपतिले उचित सल्लाह गरेर निष्कर्षमा पुग्ने विश्वास व्यक्त गरे । उनले संसदमा आफूले पाँचौँ पटक विश्वासको मत लिनुपर्ने अवस्था आएको भन्दै आज ६३ मत पाएपनि ६३ मतवाला लडाई जितेजस्ता भएको बताए । उनले जनताका एजेण्डाअनुसार अघि बढ्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण