बिहारमा चट्याङ लागेर चार जनाको मृत्यु
नयाँदिल्ली । भारतको पूर्वी राज्य बिहारमा चट्याङ लागेर कम्तीमा चार जनाको मृत्यु भएको अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन् । गएको २४ घण्टामा राज्यका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहितको भारी वर्षाले सात जिल्लालाई प्रभावित गरेको छ ।
“विगत २४ घण्टामा चट्याङका कारण सिवानमा दुई र सुपौल र रोहतास जिल्लामा एक–एक जनाको मृत्यु भएको छ”, मुख्यमन्त्रीको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ । वर्षाको समयमा खेतमा काम गर्ने र रूखमुनि आश्रय लिने मानिसहरूलाई चट्याङ लागेर धेरैको मृत्यु भएको रिपोर्टहरूले बताएका छन् ।
बिहारका मुख्यमन्त्री नितिश कुमारले पीडित परिवारप्रति सहानुभूति प्रकट गर्दै उनीहरूलाई आर्थिक राहतको घोषणा गरेका छन् । मुख्यमन्त्रीले मानिसहरूलाई खराब मौसममा सतर्क रहन र आँधीबेहरीको समयमा घरमै बस्नलगायत विपद् व्यवस्थापन विभागले जारी गरेका सुझावहरू पालना गर्न पनि आग्रह गरेका छन् ।
सोमबार चट्याङ लागेर राज्यमा १२ जनाको मृत्यु भएको थियो । पछिल्लो दुई हप्तामा बिहारमा चट्याङका कारण ४० जनाभन्दा बढीले ज्यान गुमाएका छन् । हरेक वर्ष मनसुन सुरु भएसँगै भारतमा चट्याङ लागेर सयौँको मृत्यु हुने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण