‘घरज्वाइँ’ले शुक्रबार कस्तो गर्यो व्यवसाय ?
काठमाडौँ । शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘घरज्वाइँ’ले बक्सअफिसमा सुखद सुरुवात गरेको छ । शुक्रबारका बिहानी शोमा वर्षाले असर गरेपनि दिउँसोका शोमा देशभर नै ५० प्रतिशतदेखि ८० प्रतिशतसम्म अकुपेन्सी देखिएको वितरक रोहित कट्टेलले बताए ।
काठमाडौँ उपत्यका र मोफसलमा पूर्वी नेपाल अनि पश्चिम नेपालमा विशेषगरी दाङ, बुटवल, नेपालगन्ज लगायतका ठाउँमा फिल्मलाई राम्रो साथ मिलेछ । प्रिमिएरमा राम्रो प्रतिक्रिया पाएको कारण शुक्रबार भन्दा शनिबार फिल्मको व्यापार अझ राम्रो हुने अपेक्षा गरिएको छ ।
दयाहाङ राई र मिरुनाको मगरको मुख्य भूमिका रहेको फिल्म जिएम मूभीज र एबीएम सिनेमा प्रोडक्सनको ब्यानरमा निर्माण भएको हो । पूर्वी रुकुम आसपासमा छायाङ्कन गरिएको फिल्म अनिल बुढा मगरले निर्देशन गरेका हुन् ।
कथा समेत निर्देशक आफैले लेखेको फिल्ममा पटकथा तथा संवादमा उनलाई विनोद खतिवडा र सुभाष कोइरालाले सघाएका छन् ।
जनक घर्ती मगरले निर्माण गरेको फिल्ममा दयाहाङ र मिरुनाको अलवा बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, विवेश बुढामगर, सुनिल मगरको अभिनय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाराजगन्ज–धोबीखोला सडक खण्डमा ज्याकारान्डा रोपण
-
इजरायल–लेबनानबिचको युद्धविराम हिजबुल्लाहद्वारा अस्वीकार
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
-
दुग्धजन्य पदार्थ बिक्रीबाट ६ करोड सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण