उद्धार तथा खोजीमा खटियो त्रिशूली रिभरसाइड रिसोर्टको कायक टिम

चितवन । त्रिशूली रिभरसाइड रिसोर्टको कायक टिम नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालमा पहिरोले बगाएको दुई वटा बस र यात्रुको खोजी तथा उद्धारकार्यका लागि जुटेको छ । साहसिक खेल मात्र नभइ उद्धार कार्यमा समेत खटिने भएकाले कायकलाई रिभर एम्बुलेन्ससमेत भनिन्छ ।
भरतपुर महानगरपालिका–२९ सिमलतालमा शुक्रबार बिहान करिब ३ बजे लेदोसहितको पहिरोमा दुई यात्रुवाहक बस बग्दा बस र कम्तीमा ४८ यात्रु बेपत्ता भएको बताइएको छ । जसको खोजीका लागि सरकारी तथा गैरसरकारी टोलीहरू खटिएका छन् ।
मलेखुस्थित रिभरसाइड रिसोर्टबाट बेपत्ता बस तथा यात्रुको खोजी कार्यका लागि ५ वटा कायाक सहित ६ गाइडको समूह बस खोजी कार्यका लागि खटिएको छ ।
सिमलतालदेखि गाइघाटसम्म नदीको दायाँबायाँ कायकिङ गर्दै खोजी कार्य जारी रहेको रिसोर्ट सञ्चालक उद्धव कँडेलले बताए। र्याफ्टिङ गाइड समेत रहेका उद्धव कँडेलको नेतृत्वमा टोली खटिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिलीमा ७.५ म्याग्निच्यूडको भूकम्पपछि सुनामीको चेतावनी
-
कोशी प्रदेशमा लगानी सम्मेलन : एक खर्ब ५२ अर्बको सम्झौता
-
खुले सामुदायिक विद्यालय, भर्ना अभियान र पठनपाठन सुरू
-
धवलागिरि चढ्ने आरोही आधार शिविर पुगे
-
अब ‘टेलिचलचित्र’ पनि सेन्सर गर्नुपर्ने
-
१० बजे, १० समाचार : नीति तथा कार्यक्रम सार्वजनिक, भारतले एमालेभन्दा कांग्रेसलाई किन दियो महत्व ?