उद्धार तथा खोजीमा खटियो त्रिशूली रिभरसाइड रिसोर्टको कायक टिम
चितवन । त्रिशूली रिभरसाइड रिसोर्टको कायक टिम नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालमा पहिरोले बगाएको दुई वटा बस र यात्रुको खोजी तथा उद्धारकार्यका लागि जुटेको छ । साहसिक खेल मात्र नभइ उद्धार कार्यमा समेत खटिने भएकाले कायकलाई रिभर एम्बुलेन्ससमेत भनिन्छ ।
भरतपुर महानगरपालिका–२९ सिमलतालमा शुक्रबार बिहान करिब ३ बजे लेदोसहितको पहिरोमा दुई यात्रुवाहक बस बग्दा बस र कम्तीमा ४८ यात्रु बेपत्ता भएको बताइएको छ । जसको खोजीका लागि सरकारी तथा गैरसरकारी टोलीहरू खटिएका छन् ।
मलेखुस्थित रिभरसाइड रिसोर्टबाट बेपत्ता बस तथा यात्रुको खोजी कार्यका लागि ५ वटा कायाक सहित ६ गाइडको समूह बस खोजी कार्यका लागि खटिएको छ ।
सिमलतालदेखि गाइघाटसम्म नदीको दायाँबायाँ कायकिङ गर्दै खोजी कार्य जारी रहेको रिसोर्ट सञ्चालक उद्धव कँडेलले बताए। र्याफ्टिङ गाइड समेत रहेका उद्धव कँडेलको नेतृत्वमा टोली खटिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण