उपप्रधानमन्त्री श्रेष्ठद्वारा निवास र गाडी हस्तान्तरण
शनिबार, २९ असार २०८१, २० : ५३
काठमाडौँ। उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले गृह तथा परराष्ट्र मन्त्रालयमा हुँदा आफ्नो सुरक्षामा खटेका सुरक्षाकर्मीप्रति हार्दिक धन्यवाद व्यक्त गरेका छन् । शुक्रबार संसद्मा सरकारमाथिको विश्वासको प्रस्ताव पारित नभएपछि आफ्नो सुरक्षार्थ खटिएका सुरक्षाकर्मीलाई साँझ पुल्चोकस्थित मन्त्री निवासमा संक्षिप्त भेट र सम्बोधन गर्दै आ–आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेकोमा धन्यवाद व्यक्त गरेका हुन्।
उपप्रधानमन्त्री श्रेष्ठले शनिबार नै मन्त्री निवास छाडेका छन् भने गाडी समेत बुझाएका छन्। ‘काम कर्तव्यको आधारमा हामी फरक फरक जिम्मेवारीमा रहेता पनि, हाम्रो सम्बन्ध मानवतामा र समानतामा आधारित हुन्छ,’ सम्बोधनका क्रममा उनले भने, ‘हामी सबै दाजुभाइ, साथीभाइ र परिवार हौँ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण