गाजामा इजरायली हमला, ९० जनाको मृत्यु
आइतबार, ३० असार २०८१, १० : ५८
रफाह । इजरायलले गाजामा गरेको आक्रमणमा कम्तिमा ९० जना प्यालेष्टाइनीहरूको मृत्यु भएको छ । गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले यसको जानकारी दिएको हो ।
यस घटनामा करीब ३ सय जना घाइते भएको बताइएको छ । इजरायली सेनाहरूले हमासका वरिष्ठ नेता मोहम्मद डिएफ र उनका डेपुटी राफा सलमालाई ताकेर सो आक्रमण गरेको थियो ।
शनिबार साँझ आयोजित पत्रकार सम्मेलनमा इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले आक्रमणपछि दुई मध्ये कोही जिवित छन् कि छैन भन्ने चाँहि स्पष्ट नभएको बताएका छन् ।
खान युनिस नजिक अल मावासी क्षेत्रमा सो आक्रमण भएको थियो । यो क्षेत्रलाई इजरायली सेनाले मानवीय क्षेत्रको रुपमा निर्धारण गरेको थियो । एक पत्रकार सम्मेलनमा नेतान्याहुले हमासका सबै वरिष्ठ नेताहरुको नामोनिशान मेटाउने कशम खाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खेलौना समातेर चर्चित बनेको अनाथ बाँदर पन्चले मनायो पहिलो जन्मदिन
-
८ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा
-
सिरियामा दुई बस एकआपसमा ठोक्किँदा ३५ जनाको मृत्यु, ३० घाइते
-
रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च
-
मदनकृष्ण श्रेष्ठसहित पाँच स्रष्टालाई ‘छिन्नलता गीत पुरस्कार’
-
माछाका भुरा तथा खाने माछा बिक्रीबाट राजस्व वृद्धि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण