बेचन, जीवी र टिकापुर घटनाको अनुसन्धानमा हात नकमाउन प्रहरीलाई लामिछानेको निर्देशन
काठमाडौँ । कामचलाउ सरकारका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सरकार परिवर्तनको प्रक्रिया सुरु भएसँगै कयौँ विषयहरू सामसुम बन्न लागेको भन्दै अनुसन्धानमा हात नकमाउन प्रहरीलाई निर्देशन दिएका छन् ।
आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री लामिछानेले आफूले थालेका अनुसन्धानका घटना रोकिन नहुने समेत बताए । उनले निर्मला हत्या प्रकरणको अनुसन्धान अत्यन्त नजिक पुगेको भन्दै अनुसन्धानमा खटिने प्रहरी कर्मचारीलाई धन्यवाद दिए ।
‘तर बाहिर आएका कयौँ चिजहरू सरकार परिवर्तनसँगै सामसुम देखिन्छ । चाइँचुइँ नबोलेको अवस्था छ । त्यतिखेर नेपाल प्रहरी र अनुसन्धान ब्युरोले तदारुकताका साथ काम गरोस्’, मन्त्री लामिछानेको भनाइ छ ।
उनले कलम झुक्दैन र रोकिँदैन भनेको आफूले सुनेको भन्दै कलम रोकिएको बताए ।
‘बेचन झा पक्राउ परेसँगै उनको अडियो सार्वजनिक भएको छ । मन्त्रिपरिषद्ले नै निर्णय गराएको रहेछ भन्ने उनको अडियो र कयौँ कुराकानीबाट पुष्टि हुने ठाउँहरू प्रशस्त छन्’, लामिछानेको भनाइ छ ।
उनले भोलि त्यो पुष्टि हुँदा र अनुसन्धान हुँदै जाँदा राजनीतिक शक्ति केन्द्रमा पुग्न सक्ने भएकाले त्यसवेला राजनीतिक परिवर्तनसँग प्रहरी प्रशासनको कुनै लेनादेना छैन भन्ने प्रमाणित गर्न पनि निर्देशन दिए । त्यसक्रममा उनले टीकापुर घटनाको अनुसन्धानमा कहीँ कतै कमी आउनु नहुने र आफू पनि ती घटना नियालिरहेको हुने बताए । जीवी राईको विषयमा इन्टरपोलसँग निरन्तर संवाद आफूसँग भएको र त्यसबारे अन्तिम निष्कर्ष आफ्नो कार्यकालमा हुन नसके पनि निष्कर्षमा पुर्याउन नसकिने विषय नरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण