‘ह्रस्व दीर्घ’मा रेखा थापाको पनि अभिनय रहने
काठमाडौँ । फिल्म ‘ह्रस्व दीर्घ’मा अभिनेत्री रेखा थापाको पनि अभिनय रहने भएको छ ।
निर्माण पक्षले रेखाको छायाङ्कन समयको एक तस्बिर सार्वजनिक गर्दै यसबारे जानकारी दिएको हो । सार्वजनिक तस्बिरमा फिल्मका निर्देशक चन्द्र पन्त र अभिनेत्री तथा निर्मात्री निता ढुंगानाले रेखासँग छलफल गरिरहेको देख्न सकिन्छ ।
फिल्ममा रेखाको छोटो तर महत्त्वपूर्ण भूमिका रहेको निर्देशक पन्तले बताए । उनले रेखाको भूमिका अहिले खुलाउन नमिल्ने भन्दै उनले दर्शकका लागि रेखाको भूमिका सर्प्राइज हुने बताए । फिल्म असोजको ३ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदै छ । रेखाको यस अगाडि ‘उपहार’ रिलिज भएको थियो ।
निता फिल्मस्को ब्यानरमा निर्माण भइरहेको ‘ह्रस्व दीर्घ’मा नितासँगै हरिहर अधिकारी, दक्षिण भारतीय कलाकारहरू ब्रम्मानन्दम, अली, सुनिल बर्मा, कविर दुहानको अभिनय छ । यस्तै, बलिउड कलाकार प्रदीप राउतलाई पनि फिल्ममा देख्न सकिन्छ ।
फिल्ममा नेपाली कलाकार विपना थापा, गरिमा शर्मा, प्रशान्त ताम्राकार, सरोज खनाल, सञ्चिता लुइँटेल, बुद्धि तामाङ, किरण केसी, रवीन्द्र झा लगायतको पनि अभिनय रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण