गायक योगेश्वर अमात्यको जग्गा किर्ते गर्नेलाई सजाय निर्धारण
काठमाडौँ । विशेष अदालतले गायक योगेश्वर अमात्यको जग्गा कीर्ते गरी नक्कली ऋण लिनेहरूलाई एकदेखि चार वर्ष कैद सजायको फैसला गरेको छ । अदालतले घटनामा संलग्न दुई जनामाथि दुई वर्ष र चार जनामाथि एक वर्षको दरले कैद सजायको फैसला गरेको हो ।
विशेष अदालतका सदस्यहरू डा.खुसीप्रसाद थारु, तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले पाँच जनालाई ७ करोड ६० लाख र चार जनालाई ३ करोड ८० लाख रुपैयाँका दरले जरिवाना पनि गरेको छ ।
विशेष अदालतले उविन्दराज शाक्य र रेशमबहादुर सिलवाललाई ४ वर्ष कैद सजायको फैसला गरेको छ भने मुक्तिनाथ गौतम र एसकुमार महर्जनलाई दुई–दुई वर्षका दरले कैद फैसला गरेको छ । सो अदालतले असार ३० गते उनीहरूको सजाय निर्धारण गरेको हो ।
त्यस्तै रामप्रसाद अधिकारी, ईश्वर पोखरेल, शोभा शाक्य र कुशल प्रधानलाई एक–एक वर्षका दरले कैद सजाय तोकिएको अदालतले जनाएको छ ।
यसअघि फर्जी कागजातका आधारमा ऋण लिएर बैङ्किङ कारोबार गरेको भन्दै प्रहरीले मुक्तिनाथ गौतम, यसकुमार महर्जन, सोनु ठाकुर, राजेश कुमार चौरसिया र कुशल प्रधानलाई मुद्दा चलाउने राय दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
-
भक्तपुरमा अरनिको राजमार्ग क्षेत्रको जग्गा सर्वाधिक महँगो, कहाँ कति छ मूल्याङ्कन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण