बेपत्ताका परिवारमा अझै घर फर्किने झिनो आशा

रौतहट । रौतहटको बौधिमाई नगरपालिका–३ मटिअर्वा गाउँका परशुराम साह, मीना देवी, रिन्कु देवी र नीरज साह बेपत्ता छन् । बस त्रिशूलीमा खसेको तीन दिन बित्न लागेको छ । आफन्तलाई न त लासको खबर छ र न त सासकै । अझै पनि कुनै सकारात्मक खबर आइहाल्छ कि भन्ने उनीहरूमा परिवारमा लागिरहन्छ ।
बौधिमाई–२ इनर्वाका राज पटेलको घरमा पनि बेहाल छ । कोही नयाँ मानिस घरमा आउँदा होस् वा मोबाइलमा घण्टी बज्दा छोरा भेटिएको खबर आयो कि भन्ने परिवारलाई लागिरहन्छ । घरमा फर्किने आशा अझै पनि पटेल परिवारमा रहेको छ । अजगैबी गाउँका हरिचन्द्र यादव र बाल राउत कुर्मीको घरमा चुलो नबलेको तीन दिन भयो तर आशाको दियो भने निभेको छैन । कहीँ कतैबाट कुनै राम्रो खबर आइहाल्छ कि भन्ने आशा बाँकी छ ।
बौधिमाई–४ इनरवारी गाउँका प्रिन्स जयसवाल र अकलु राउत कुर्मी पनि बेपत्ता छन् । घरमा अझै पनि आशा छ कि फर्केर आउलान् वा कुनै खबर आउला भनेर । रौतहटका २४ जना दुर्घटनामा बेपत्ता भएका छन् । गणपति डिलक्सको काउन्टरबाट प्राप्त भएको चलानका आधारमा नै बेपत्ता भएका परिवारका आफन्तसित प्रहरीले सम्पर्क गरिरहेको रौतहटका प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीले बताए ।
बेपत्ता भएका नागरिकको बारेमा यकिन विवरण आई नसकेकाले अहिले घरपरिवारसित सम्पर्कको काम भइरहेको प्रजिअ रेग्मीको भनाइ छ । शुक्रबार बिहान साढे ३ बजेतिर काठमाडौँबाट रौतहटतिर आइरहेको गणपति डिलक्समा २७ यात्रु रहेका थिए । त्रिशूली नदीमा खसेको बसका यात्रुहरूमध्ये तीनले ज्यान जोगाएका थिए भने २४ जना अहिलेसम्म बेपत्ता छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : भारतको ‘किट’ विश्वविद्यालयमा फेरि नेपाली छात्रा मृत फेलादेखि गृह मन्त्रालयमा मनपरीसम्म
-
रेशमलाई थुनामा पठाउन अनधिकृत पत्र लेख्ने विष्टलाई के हुन्छ कारबाही ?
-
किट विश्वविद्यालयमा नेपाली छात्रा मृत्यु प्रकरण : परिवार राति नै भारत जाँदै
-
रविन्द्र मिश्र लगायतका नेतालाई रिहाइ गर्न माग गर्दै रिले अनशन बस्ने
-
पोखरामा ‘लायन्स कप’ भलिबल : नेपाल पुलिस र इरानी टोली विजयी
-
उदयपुरमा जिप दुर्घटना, एक जनाको मृत्यु, ६ घाइते