मङ्सिरमा पुग्यो विपिनको तेल भिसा
काठमाडौँ । शङ्कर घिमिरेको निर्देशन रहेको फिल्म ‘तेल भिसा’को प्रदर्शन मिति हेरफेर भएको छ । यसअघि २९ भदौ रिलिज हुने भनिएको फिल्म सरेर मङ्सिर ७ गते पुगेको हो । निर्माण युनिटले फिल्मको एक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति ७ मङ्सिर जनाएको हो ।
पोस्टरमा विपिन कार्कीलाई दोहोरो भूमिकामा प्रस्तुत गरिएको छ । उनको जवान र वृद्ध गरी दुई फरक लुक्स देख्न सकिन्छ । पोस्टरमा अभिनेत्री वर्षा राउत, ऋचा घिमिरे र पूजा लामा पनि अटाएका छन् ।
फिल्मले पहिलो चरणको छायाङ्कन अमेरिकामा सकाएको थियो । अहिले दोस्रो चरणको छायाङ्कन चितवनमा थालेको छ । फिल्ममा बुद्धि तामाङको पनि मुख्य भूमिका छ ।
वेलडन क्रियसनको व्यानरमा ऋचा घिमिरेको प्रस्तुति रहेको फिल्म अनिश पाण्डे र शिवराज कार्कीको लगानी बन्न लागेको हो । प्रिन्स युवराज कार्की र श्रुति दाहाल कार्यकारी निर्माता रहेको फिल्ममा सुशन प्रजापतिको छायाङ्कन रहेको छ ।
रामजी लामिछाने र शिशिर खातीको कोरियोग्राफी, आशिष अविरल, कल्याण सिंह र कृष्ण भारद्धाजको सङ्गीत रहेको फिल्ममा अजय खड्काको सम्पादन रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण