रविलाई मुकुलको चेतावनी, ‘म अर्को शालिकराम पुडासैनी बन्दिनँ’
सोमबार, ३१ असार २०८१, १४ : २२
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई मुकुल ढकालले अर्को शालिकराम पुडासैनी नबन्ने चेतावनी दिएका छन् । सोमबार सामाजिक सञ्जालमा लेख्दै ढकालले यस्तो चेतावनी दिएका हुन् ।
उनले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, ‘रवि लामिछानेज्यू आफ्ना भक्तहरू प्रयोग गरेर व्यक्तिगत जीवन र मेरो परिवार समेतलाई अनेकन् आक्षेप लगाउन थाल्नु भएछ । तपाईँ आफ्नो स्तर देखाउँदै हुनुहुन्छ । तपाईँ जति सक्नुहुन्छ, गर्नुहोस्, मेरो शुभकामना छ । चिन्ता लिनु पर्दैन, मुकुल ढकाल अर्को शालिकराम पुडासैनी बन्दैन ।’
उनले रवि लामिछानेले आफ्ना भक्तहरू प्रयोग गरेर व्यक्तिगत जीवन र परिवार समेतलाई अनेकन् आक्षेप लगाउन थालेको आरोप लगाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण