लिलादेवी गड्तौलालाई ओली सरकारले बनायो कायममुकायम मुख्य सचिव
काठमाडौँ । केपी ओली नेृतत्वको सरकारले प्रधानमन्त्री कार्यालयका सचिव निमित्त मुख्यसचिव लिलादेवी गड्तौलालाई कायममुकायम मुख्य सचिवको जिम्मेवारी दिएको छ ।
सोमवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा बसेको मन्त्रीपरिषदको पहिलो बैठकले सो निर्णय गरेको हो ।
सरकारको प्रवक्ता समेत तोकिएका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले यसबारे जानकारी गराउँदै भने भने, ‘प्रधानमन्त्री कार्यालयका सचिव, निमित्त मुख्य सचिव श्री लिलादेवी गडतौलालाई कायममुकायम मुख्य सचिवको जिम्मेवारी दिने निर्णय गरिएको छ ।’
अन्तःशुल्क स्टिकर खरिद प्रकरणमा ३८ करोड ६७ लाख भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दर्ता भएसँगै मुख्यसचिव डा. वैकुण्ठ अर्यालको स्वत निलम्बनमा परेका थिए । लगत्तै
अघिल्लो सरकारले विशेष दरबन्दी सिर्जना गरेर उनलाई राष्ट्रिय योजना आयोगमा सरुवा गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
-
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा ५ जनाको मृत्यु
-
नेपाली कांग्रेस बाराका सभापति निलम्बित
-
टीकापुरमा ‘अन्तर व्यवस्थापिका सम्मेलन’ हुने
-
काठमाडाैँ महानगरद्वारा शिक्षण अस्पताललाई उपकरण प्रदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण