लिलादेवी गड्तौलालाई ओली सरकारले बनायो कायममुकायम मुख्य सचिव

काठमाडौँ । केपी ओली नेृतत्वको सरकारले प्रधानमन्त्री कार्यालयका सचिव निमित्त मुख्यसचिव लिलादेवी गड्तौलालाई कायममुकायम मुख्य सचिवको जिम्मेवारी दिएको छ ।
सोमवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा बसेको मन्त्रीपरिषदको पहिलो बैठकले सो निर्णय गरेको हो ।
सरकारको प्रवक्ता समेत तोकिएका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले यसबारे जानकारी गराउँदै भने भने, ‘प्रधानमन्त्री कार्यालयका सचिव, निमित्त मुख्य सचिव श्री लिलादेवी गडतौलालाई कायममुकायम मुख्य सचिवको जिम्मेवारी दिने निर्णय गरिएको छ ।’
अन्तःशुल्क स्टिकर खरिद प्रकरणमा ३८ करोड ६७ लाख भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दर्ता भएसँगै मुख्यसचिव डा. वैकुण्ठ अर्यालको स्वत निलम्बनमा परेका थिए । लगत्तै
अघिल्लो सरकारले विशेष दरबन्दी सिर्जना गरेर उनलाई राष्ट्रिय योजना आयोगमा सरुवा गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आर्यघाटमा मुर्दा बोल्यो, तर बोलेनन् जिउँदाहरू !
-
रोजगारी सिर्जना नगरी देशको अर्थतन्त्र अगाडि बढ्न सक्दैन: अर्थमन्त्री पौडेल
-
सैन्य आक्रमण जारी रहँदा भारतले पाकिस्तानसँग अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको भन्दै आलोचना
-
प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन पार्टीका सांसदलाई कांग्रेसको ह्वीप
-
५२ संवैधानिक नियुक्ति : आज नवौँ दिनको सुनुवाइ
-
विद्यालयमा ‘इ लर्निङ कक्ष’ सञ्चालन गर्न सहयोग गर्दै ईश्वर मन्दिर