पाकिस्तानले इमरान खानको पार्टीमाथि प्रतिबन्ध लगाउने
इस्लामावाद । पाकिस्तान सरकारले पूर्व क्रिकेटर तथा पूर्व प्रधानमन्त्री इमरान खानको पार्टी तहरीक–ए–इन्साफ (पीटीआई)लाई प्रतिबन्ध लगाउने भएको छ । इमरान खान, आरिफ अल्वी र कासिम सुरीविरुद्ध अनुच्छेद छ अनुसार कारबाही गर्न मागसहित सरकारले सर्वोच्च अदालतको ढोका ढकढकाउने निर्णय गरेको छ ।
पाकिस्तान सरकारमा संलग्न दलहरूले पाकिस्तान तहरीक–ए–इन्साफको आरक्षित सिटहरूका सम्बन्धमा सर्वोच्च अदालतको निर्णयको विरुद्धमा पुनः पुनरावेदन दायर गर्ने पाकिस्तानका केन्द्रीय सूचना मन्त्री अता तरारले एउटा पत्रकार सम्मेलनमा भनेका थिए । ‘यसबाहेक मे ९ मा भएको हमला, साइफर काण्ड र अमेरिकासँगको सम्झौता जस्ता प्रमाणहरू पनि छन्, जसको आधारमा पीटीआईमाथि प्रतिबन्ध लगाउन सकिन्छ । त्यसैले सरकारले सबै प्रमाणहरू हेरेर पीटीआईमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ,’ उनले भनेका छन् ।
पीटीआईले तालिबानलाई पाकिस्तानको क्षेत्रमा ल्याएको र देशविरुद्ध षड्यन्त्र रचेको आरोप पनि उनले लगाए । ‘पीटीआईलाई विदेशी कोष दिइएको थियो, जसमा भारतीय र इजरायली कोष समावेश थियो,’ केन्द्रीय सूचना मन्त्री अता तरारले भनेका छन् । पीटीआईका नेताहरूले राष्ट्रविरोधी शक्तिहरूलाई बलियो बनाएको आरोप पनि लगाइएको छ । यी घटनामा संलग्न सबैलाई कानुनी कारबाही गरिने र राहदानी जफतलगायत कडा कारबाही गरिने पनि बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण