म अहिलेसम्म मरिसकेको हुन्थेँ : ट्रम्प
सोमबार, ३१ असार २०८१, २१ : १२
वासिङ्टन डीसी । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘आफू मरिसकेको छु’ भन्ने ठानेको बताएका छन् । आफूमाथि भएको घातक हमलाबारे उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।
हत्याको यस प्रयासलाई उनले ‘अवास्तविक अनुभव’ भनेका छन् । मिलवाउकीमा रिपब्लिकन पार्टीको राष्ट्रिय महाधिवेशनमा जानु अघि न्युयोर्क पोस्टसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् ।
‘म यतिबेला यहाँ हुन्नथेँ होला, म त मरिसक्नु पर्थ्यो,’ उनले भनेका छन् । ट्रम्पको दाहिने कानमा पट्टी लगाइएको र उनका सहयोगीहरूले उनको फोटो खिच्न अनुमति नदिएको पोस्टले भनेको छ । आफूले यस्तो कहिल्यै नदेखेको भन्दै अस्पतालमा रहेका डाक्टरहरूले आफू यसरी बाँच्नुलाई चमत्कार भनेको पनि उनले बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देउवा पुत्र जयवीरलाई ७ दिनभित्र उपस्थित हुन सम्पत्ति शुद्धीकरणको सूचना
-
बजेट विवाद: मन्त्रीबाट मन्त्रीकै हुर्मत, विपक्षीको प्रशंसा
-
बेल्जियमको शानदार जित, अमेरिकालाई ४–१ ले हराउँदै क्वार्टरफाइनलमा प्रवेश
-
दुर्गा प्रसाईंको आरोप– ‘सिंहदरबारको सिस्टम सरकारले नै बिगार्यो’
-
तीन वर्षदेखि विदेशी औषधि कम्पनीको निरीक्षण ठप्प
-
निमित्त कार्यालय प्रमुखसहित दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण