नेपाली दूतावास अस्ट्रिया र प्रवासी मञ्चबिच अन्तर्क्रिया
भियना । प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटी अस्ट्रियाको नवनिर्वाचित कमिटी र नेपाली दूतावास भियनाबिच आपसी सहअस्तित्वको आधारमा सहकार्य गर्दै अघि बढ्नेबारे छलफल भएको छ । केही हप्ता अघि ७औ अधिवेशनबाट निर्वाचित कमिटीलाई नेपाली दूतावास भियनामा स्वागत गर्दै अस्ट्रियाको लागी नेपाली राजदूत भरत कुमार रेग्मीले नेपालको प्रवर्द्धन, अस्ट्रिया निवासी नेपालीहरूको हक हित र सरोकारको विषयमा एक आपसमा मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
प्रवासी नेपाली मञ्च अस्ट्रियाकी अध्यक्ष बाबा राजेश्वरी थापाको नेतृत्व दूतावास गएको एक प्रतिनिधि मण्डलले गत २३ जुन मा सम्पन्न राष्ट्रिय अधिवेशनबाट निर्वाचित कमिटी, यसको प्रारम्भिक कार्यभार, अल्पकालीन र दीर्घकालीन योजनाहरूको बारेमा दूतावासलाई जानकारी गराएको थियो ।
सो क्रममा नेपालमा पर्यटन प्रवर्धन, अस्ट्रिया–नेपालबिच पारस्परिक सहयोग, भगिनी सम्बन्ध, द्धिपक्षिय र बहुपक्षीय सम्बन्धको विषयमा के कसरी साझा प्रयासहरू गर्न सकिन्छ भन्ने बारे व्यापक छलफल भएको थियो । गत २०१८ मा मात्र स्थापना भएको नेपाली दूतावास भियना छोटो सयमै सक्रिय र राम्रो काम गर्ने दूतावासमध्ये पर्दछ।
छलफलको क्रममा उपनियोग प्रमुख ईला मैनाली तथा प्रवासी नेपाली मञ्चका अध्यक्ष थापा लगायत उपाध्यक्ष दिनेश बैदावार क्षेत्री, सचिव कृष्ण कुमार श्रेष्ठ, सल्लाहकार झबिन्द्र अर्याल, सदस्यहरू अनिता श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण