काभ्रेको तेमालमा ६२ वर्षीया महिला बलात्कृत, १८ वर्षीय किशोर पक्राउ
काठमाडौँ । काभ्रेको तेमाल गाउँपालिका वडा नम्बर–९ मा एक जना किशोरबाट महिला बलात्कृत भएकी छन् । बलात्कार आरोपमा रामेछापको सुनापति गाउँपालिका–५ घर भएका १८ वर्षीय पासाङ तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी राजकुमार श्रेष्ठले रातोपाटीलाई बताए ।
बलाकृत ६२ वर्षीया महिलालाई प्रहरीले संरक्षण गृहमा राखेको छ । मानसिक सन्तुलन गुमाएकी र बोल्न नसक्ने पीडितलाई तामाङले भण्डारीबेशी नजिकै पर्ने मूल सडकसँगैको झाडीमा जबरजस्ती करणी गरेको प्रहरीको भनाइ छ । असार २९ मा घटनास्थलभन्दा पारि रामेछाप तर्फबाट दुई जनाले देखेर प्रहरीले खबर गरेपछि इलाका प्रहरी कार्यालय मंगलटारका इन्स्पेक्टर कृष्ण गिरी नेतृत्वको टिमले पीडितलाई उद्धार गरेको छ ।
घटनास्थल सुनकोशी नदीको किनारमा पर्छ । बलात्कारपछि भाग्दै गरेका किशोरलाई पक्राउ गरेर अनुसन्धान भइरहेको डीएसपी श्रेष्ठले जानकारी दिए । आरोपी भक्तपुरमा मजदुरी गर्छन् । गाउँ फर्किँदा बाटोमा भेटेपछि अपरिचित महिलालाई बलात्कार गरेको उनले प्रहरीसँग बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मिटरब्याज पीडितलाई घर फर्काउने सरकारको प्रयास : माग पूरा नभएसम्म नफर्किने पीडितको अडान
-
लुम्बिनी प्रदेश : मन्त्रालय घटाउने निर्णय कार्यान्वयनमा अझै समय लाग्ने
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक छनोट प्रक्रियामा मन्त्रालयको त्रुटि, आवेदन प्रक्रिया रद्द
-
सुदूरकाे बजेट पारितबारे मुख्यमन्त्री भन्छन्– एमालेसँग संवाद जारी छ, भोलिसम्म निकास निस्कन्छ
-
गणेश नेपालीकाे मृत्युपछि महानगर प्रहरी फेरि सडकमा
-
सरकारको सय दिनमा पनि भएन राजदूत नियुक्ति : आकांक्षी छनोटमै सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण