रौतहटको धनसर–जंगलसैया–कटहरिया सडक कालोपत्र
रौतहट । रौतहटको धनसर–जंगलसैया–कटहरिया सडक कालोपत्र भएको छ । रौतहट क्षेत्र नम्बर ३ का सांसद प्रभु साहको ‘सडक बढाओ–सडक बचाओ’ अभियान अन्तरगत सो सडकको मुआब्जा र बजेट विना नै ट्याक खोलिएको थियो ।
१२ मिटर चौडाईको यो सडकको ट्याक २०७५ सालमा खोलिएको हो भने जुन सडक १४ किलोमिटरको रहेको छ । जसमध्ये सर्वसधारणको सहयोगमा १२ किलोमिटर सडकको वन कार्यालयको अनुमति विना नै ट्याक खोल्ने काम भएको थियो ।
ट्याक खोलेर ग्राभेल गरिएको सो सडक पाँच बर्षपछि संसदीय रणनीतिक सडक योजना अन्तरगत दुई करोड लागतमा कालोपत्र गरिएको हो । धनसर–जंगलसैया सडक हुँदै रौतहटको दक्षिणी क्षेत्रमा रहेको कटहरिया, गरुडा, मौलापुर, गौरका साथै बिभिन्न ठाउँमा आउँजाउँ गर्न सजिलो हुने भएको छ ।
आम जनता पार्टी (आजपा)का अध्यक्ष समेत रहेका पूर्वमन्त्री साहको पहलमा धनसर–जंगलसैया सडक लगतात रौतहटमा ३ सय किलोमिटर भन्दा बढी सडक मुआब्जा र बजेट बिना नै निर्माण भएको बताइएको छ ।
रौतहटका गौरिशंकर साहले जिल्लामा भएको बिकासलाई सबैले बिना पूर्वाग्रह नमुनाको रूपमा प्रस्तुत गर्नसक्नुपर्ने बताउँछन् ।
काठमाडौं–तराई मधेस फास्ट ट्याकको निर्माण बर्षौदेखि भईरहेको छ । अर्बौ बजेट सकिसक्यो । कहिले वनको कारण त कहिले अदालतको मुद्धा त कहिले बजेटको अभाव लगायत बिभिन्न कारणले फास्ट ट्याकको काम अझै सम्पन्न भएको छैन् । तर धनसर जंगलसैया सडक बनाउँन बिना बजेट र बिना मुआब्जा सडक निर्माण हुनुले इच्छा शक्ति भए बिकास असम्भव नभएको साहले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण