गरिमा विकास बैंकद्वारा अन्तर्राष्ट्रिय क्यूआर पेमेन्ट सुरुवात
मङ्गलबार, ०१ साउन २०८१, १८ : ५५

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडले अन्तर्राष्ट्रिय क्यूआर पेमेन्ट सुविधा को सुरुवात गरेको छ ।
विकास बैंकले फोन पेसँगको सहकार्यमा नेपाल आएका भारतीय पर्यटक र ग्राहकलाई लक्षित गरी क्यूआर मर्चेन्ट मार्फत भुक्तानी सेवा प्रदान गर्न अन्तरदेशीय क्यूआर पेमेन्ट प्रणालीको मंगलबारदेखि लागू हुने गरी शुभारम्भ गरेको हो ।
यस सेवा अन्तर्गत, भारतीय ग्राहकहरुले बीएचआईएम र फोनपेलगायतका भारतीय भुक्तानी सेवा प्रदायकहरूबाट गरिमा विकास बैंकको क्यूआर कोड स्क्यान गरी नेपालका विभिन्न व्यापारिक स्थलहरूमा सुरक्षित र सुविधाजनक रूपमा रकम भुक्तानी गर्न सक्नेछन् ।
यस प्रकारका सेवाहरूले नेपाल र भारतबिचको आर्थिक तथा पारस्परिक सम्बन्धलाई अझ सुदृढ बनाउँदै नेपालको आर्थिक र पर्यटन क्षेत्रको विकासमा समेत महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा विकास बैंकले राखेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आहारपूरक खाद्य सामग्रीको विक्रीवितरणबारे वाणिज्य विभाग र एनएनसीएबिच छलफल
-
मे दिवसको अवसरमा राजधानीमा र्याली, तस्बिरमा हेर्नुहोस्
-
म्याग्दीबाट ‘माइतीघर’को छायाङ्कन सुरु
-
इजरायलको जङ्गलमा भीषण आगलागी, आपत्काल घोषणा
-
तनहुँ जलविद्युत् आयोजना प्रभावितलाई क्षतिपूर्ति वितरण
-
आफ्नै संरचना बनाउन जग्गा छैन, लगानीकर्तालाई जग्गा दिने !