गरिमा विकास बैंकद्वारा अन्तर्राष्ट्रिय क्यूआर पेमेन्ट सुरुवात
मङ्गलबार, ०१ साउन २०८१, १८ : ५५
काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडले अन्तर्राष्ट्रिय क्यूआर पेमेन्ट सुविधा को सुरुवात गरेको छ ।
विकास बैंकले फोन पेसँगको सहकार्यमा नेपाल आएका भारतीय पर्यटक र ग्राहकलाई लक्षित गरी क्यूआर मर्चेन्ट मार्फत भुक्तानी सेवा प्रदान गर्न अन्तरदेशीय क्यूआर पेमेन्ट प्रणालीको मंगलबारदेखि लागू हुने गरी शुभारम्भ गरेको हो ।
यस सेवा अन्तर्गत, भारतीय ग्राहकहरुले बीएचआईएम र फोनपेलगायतका भारतीय भुक्तानी सेवा प्रदायकहरूबाट गरिमा विकास बैंकको क्यूआर कोड स्क्यान गरी नेपालका विभिन्न व्यापारिक स्थलहरूमा सुरक्षित र सुविधाजनक रूपमा रकम भुक्तानी गर्न सक्नेछन् ।
यस प्रकारका सेवाहरूले नेपाल र भारतबिचको आर्थिक तथा पारस्परिक सम्बन्धलाई अझ सुदृढ बनाउँदै नेपालको आर्थिक र पर्यटन क्षेत्रको विकासमा समेत महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा विकास बैंकले राखेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण