ललितपुरमा व्यवसायीमाथि खुकुरी प्रहार गरेको आरोपमा ६ जना पक्राउ
काठमाडौँ । ललितपुरको गोदावरीमा व्यवसायीमाथि खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।
असार ७ मा गोदावरी नगरपालिका–९ छेडामा मनोज कुमार बानियाँमाथि मोटरसाइकलमा आएकाहरूले खुकुरी प्रहार गरेका थिए । पक्राउ पर्नेमा धनकुटा घर भएका दीपक बान्तवा, विभाग गुरुङ उर्फ धराने, आयुष्मान अधिकारी, राजेश केसी, सुरेन्द्र महर्जन र अलिङ्क लामिछाने छन् ।
खुकुरी प्रहार गर्नकै लागि दीपक गुरुङ धनकुटाबाट काठमाडौँमा आएको अनुसन्धानबाट थाहा भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेश सुवेदीले रातोपाटीलाई बताए । उनी लागुऔषध मुद्दामा सुनसरीमा दुई वर्ष बसेर छुटेको अपराध रेकर्ड भेटिएको छ । एसपी सुवेदीले भने,‘योजनाबद्ध रूपमा खुकुरी प्रहार गरेको देखिन्छ ।’
पक्राउ परेका अर्का आरोपी सुरेन्द्र महर्जन प्रहरीको हत्या गरेको कसुरमा १० वर्ष जेल बसेर निस्केका हुन् । विभाग गुरुङ कक्षा १२ को मार्कसिट नक्कली बनाएको मुद्दामा फरार थिए ।
खुकुरी प्रहारबाट घाइते भएका बानियाँले छेडामा ‘बतासे कटेज’ नामको रिसोर्ट बनाइरहेका छन् । घटनामा संलग्न ३ जना फरार छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल वायु सेवा निगमको कार्यकारी अध्यक्षमा श्रेष्ठ नियुक्त
-
महत्त्वपूर्ण क्षेप्यास्त्र भण्डार अभावको जोखिममा अमेरिका
-
बालेनसँगकाे छलफलदेखि उठेका विभिन्न प्रश्नबारे रवि लामिछानेले के भने ?
-
अभिषेक गिरीको दादागिरीः कन्स्ट्रक्सनको टिप्पर र स्काभेटर कवाडीमा बेचे, बुढानिलकण्ठको घर कब्जा
-
सरकारले गम्भीर मुद्दाबाट ध्यान मोड्न खोज्यो : कांग्रेस सचेतक राई
-
पर्यटक लोभ्याउने ‘ठूली दह’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण