‘कार्साङ’ को वर्कसपमा जुटे दयाहाङ
काठमाडौँ । अर्को साताबाट छायाङ्कनको तयारीमा रहेको फिल्म ‘कार्साङ’ को केही दिनदेखि काठमाडौँमा वर्कसप चलिरहेको छ । फिल्म छायाङ्कनका लागि सहज बनाउने उद्देश्यले वर्कसप आयोजना भएको हो ।
वर्कसपमा कलाकार सृजना निङ्लेकु, जितु नेपाल, दिया मास्के, बुद्धि तामाङ, छिरिङ शेर्पा, सरिता गिरी केही अगाडि जोडिएका थिए । मङ्गलवारबाट अभिनेता दयाहाङ राई पनि जोडिएका छन् । अभिनेता दयाहाङ राई फिल्मको वर्कसपमा जोडिएसँगै निर्माण टिमले छायाङ्कनको तयारीमा समेत जुटेको छ ।
यार्सा फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा निर्माण हुन लागेको फिल्मको केही अगाडि बौद्ध भिक्षुहरूबाट स्क्रिप्ट पूजा गराइ शुभमुर्हत गरिएको थियो । सामाजिक कथावस्तुमा निर्माण हुने यो फिल्ममा दयाहाङ राई, सृजना निङ्लेकु, जितु नेपाल, दिया मास्के, बुद्धि तामाङ, छिरिङ शेर्पा र सरिता गिरी, फिल्ममा माओत्से गुरुङ, पुष्कर गुरुङ, सम्राट क्षेत्री, राशी लिम्बु, सोहन थापा, कर्मा शेर्पा, छोकी शेर्पा, पवन गोले, सञ्जय ढुङ्गाना र सृष्टि ढुङ्गानाको पनि अभिनय रहने छ । सृजना र छिरिङले यसै फिल्म मार्फत अभिनयमा डेब्यु गर्न लागेका हुन् ।
सृजनाले केही म्युजिक भिडिओमा काम गरेकी छिन् भने छिरिङले शेर्पा समुदायमा बनाइएका केही फिल्म र म्युजिक भिडियोमा अभिनय गरेका छन् । उनी टेलिभिजन रियालिटी सो ‘डान्सिङ स्टार नेपाल सिजन २’ को विजेता समेत हुन् ।
यम शेर्पाले निर्देशन गर्ने फिल्मको कथा, पटकथा तथा संवाद निर्देशक शेर्पाले नै लेखेका हुन् । फिल्मका निर्माता पुरुषोत्तम प्रधान हुन् । फिल्ममा प्रधानकै डिओपी रहने छ । गोविन्द बोहरा सह–निर्माता रहेको फिल्मका आङछिरिङ शेर्पा कार्यकारी निर्माता, वीरेन्द्र शाही लाइन प्रोड्युसर रहेका छन् ।
फिल्म बाह्रबिसे नगरपालिका र भोटेकोसी गाउँपालिकाको विभिन्न स्थानमा छायाङ्कन गरिने निर्माण पक्षले जनाएको छ । फिल्म देशभर वितरणको जिम्मेवारी आरआर फिल्मस्ले लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण