डिसेम्बरसम्ममा बलिउडमा रिलिज हुँदै छन् १० सिक्वेल
नयाँ दिल्ली । यो वर्षको बाँकी अवधिमा बलिउड सिक्वेलको दबदबा देखिँदैछ । आगामी ६ महिनाभित्र रोहित शेट्टीको सिंघम अगेनदेखि कार्तिक आर्यनको भूल भुलैया ३ सम्म झन्डै १० वटा सिक्वेल फिल्म रिलिज हुने तयारीमा छन् ।
यी सिक्वेलहरूमा करीब ७०० करोड भारु दाउमा छन् । कुनै पनि फिल्मको सिक्वेलले बक्स अफिसमा राम्रो ओपनिङमा मद्दत गर्ने ट्रेड एनालिस्ट अतुल मोहन भन्छन् । तर यो रणनीतिले ब्याकफायर पनि गर्न सक्ने निर्माता गिरीश जोहर भन्छन् ।
आशा गर्न सकिने पुष्पा २, सिंघम अगेन, भुल भुलैया ३
यो वर्षको पहिलो ६ महिना बितिसकेको छ । यस अवधिमा बलिउडका कयौँ फिल्म ठुला पर्दामा रिलिज भए । केही फिल्मले बक्स अफिसमा आफ्नो बजेट पनि उठाउन सकेनन् । सिक्वेलको लिस्टमा परेका केही फिल्मले राम्रो व्यापार गर्न सक्नेमा ट्रेड एनालिस्ट जोगिन्दर टुटेजा आशावादी छन् ।
गएको ६ महिना बलिउडका लागि खासै राम्रो भएन । केही राम्रा कथा हेर्न पाइए पनि तीमध्ये धेरैले बक्स अफिसमा राम्रो कमाउन सकेन । डिसेम्बरभित्रमा पुष्पा २, सिंघम अगेन, भूल भुलैया ३ जस्ता फिल्मबाट धेरै आशा गरिएको छ ।
यी चलचित्रका प्रिक्वेललाई दर्शकले निकै मन पराएका थिए । कम बजेटमा पनि यी फिल्मले राम्रो कमाएका थिए । सिक्वेलले ३००-४०० करोड भारु कमायो भने यी फिल्म ब्लकबस्टर घोषित हुनेछन् । बक्स अफिस रिपोर्ट कार्डको ग्राफमा पनि सुधार देख्न पाइनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
-
कतारमाथि क्यानडाको एकपक्षीय दबदबा, पहिलो हाफमै ३–० को अग्रता
-
क्यानडा र कतार भिड्दै, अघिल्लो चरणका लागि दुवै टोलीलाई जितको दबाब
-
उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद
-
बोस्नियामाथि स्विट्जरल्याण्डको सानदार जित, ४ अंकसहित नकआउट चरणको नजिक
-
स्विट्जरल्याण्ड र बोस्नियाबिच कडा प्रतिस्पर्धा, पहिलो हाफमा भएन गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण