वाइवाइद्वारा क्यानलाई १० लाख रुपैयाँ हस्तान्तरण
काठमाडौँ । चौधरी ग्रुप मातहतको सीजी फुड्स नेपाल लिमिटेडद्वारा उत्पादित वाइवाइ चाउचाउले नेपाल क्रिकेट संघ (क्यान) लाई १० लाख रुपैयाँ आज हस्तान्तरण गरेको छ । आईसीसी टि-२० विश्कपमा सहभागी खेलाडीलाई प्रोत्साहन स्वरूप सी जी फुड्सले गरेको घोषणा अनुसार उक्त रकम हस्तान्तरण गरिएको हो ।
नेपाल राष्ट्रिय टिम टी-२० विश्वकपमा सहभागी बनिरहँदा खेलाडीहरूलाई प्रोत्साहन स्वरूप वाइवाइले प्रत्येक रनका लागि रु. १ हजार, प्रत्येक चौकाका लागि रु. ८ हजार, प्रत्येक छक्काका लागि रु. १२ हजार उपलब्ध गराउने घोषणा गरेको थियो । त्यसैगरी प्रत्येक विकेटका लागि रु. १५ हजार, प्रत्येक अर्धशतक बापत रु. ५० हजार, प्रत्येक शतक बापत रु. १ लाख र नेपाली टिमको प्रत्येक जितमा रु. १ लाख ५० हजार रुपैयाँ नगद उपलब्ध गराउने पनि घोषणा गरेको थियो ।

त्यसैगरि सुपर आठमा पुगेमा राष्ट्रिय टिमका लागि रु. ३० लाख उपलब्ध गराउने वाइवाइको घोषणा थियो । सोही घोषणा बमोजिम विश्वकपमा नेपाली टिमको समग्र प्रदर्शन अनुसार सम्पूर्ण रनको ३ लाख ५ हजार, विकेटको ३ लाख १५ हजार, चौकाहरूको २ लाख १६ हजार, छक्काहरूको १ लाख ८ हजार गरि रु. ९ लाख ४४ हजार भएकोमा उक्त रकममा रु. ५६ हजार थप गरि हस्तान्तरण गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण