बंगलादेश प्रदर्शन
ढाकामा कोटाविरोधी प्रदर्शन : नेपाली विद्यार्थीलाई बाहिर ननिस्कन दूतावासको आग्रह
बुधबार, ०२ साउन २०८१, १३ : २१
काठमाडौँ । बङ्गलादेशमा कोटा विरोधी प्रदर्शन हिंसात्मक बनेको छ । प्रदर्शन चर्किएपछि ढाकामा रहेको नेपाली दूतावासले त्यहाँ रहेका नेपाली विद्यार्थीलाई आफू बसेको स्थानबाट बाहिर ननिस्कन सचेत गराएको छ ।
दूतावासले बुधवार सूचना जारी गर्दै नेपाली विद्यार्थीलाई आफू बसेको स्थानबाट बाहिर ननिस्कन भनेको हो । प्रदर्शनमा ६ जनाको मृत्यु भएको छ । त्यसमा ३ जना विद्यार्थीहरू छन् ।
सरकारी जागिरमा बङ्गलादेशको स्वतन्त्रता आन्दोलनमा भाग लिएका व्यक्तिहरूका छोराछोरीलाई दिइएको आरक्षणको विरोधमा आन्दोलन सुरु भएको हो । आरक्षणको विरोधमा उत्रिएका विद्यार्थी र सत्तारुढ अवामी लिगको भ्रातृ सङ्गठन बङ्गलादेश छात्र लिग बिच देशका विभिन्न ठाउँमा हिंसात्मक झडप भइरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण